काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोनाको आशंका गरिएको छ । केही दिनअघि संक्रमितलाई भेट्न पुगेका मन्त्रीलाई कोरोनाको आशंका गरिएको हो । यद्यपी स्वाब संकलन भइसकेकाले उनको रिर्पोट आउन बाँकी छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक जना आफन्त बिरामीलाई भेट्न अस्पताल पुगेका मन्त्री ढकाललाई पनि संक्रमणको आशंका छ । शुरुमा बिरामी रहेकी उनलाई पछि कोरोना पोजेटिभ देखिएको थियो ।
बिरामीलाई पोजेटिभ देखिएपछि मन्त्री ढकाल आत्तिएका छन । सोही कारण उनी गएको शुक्रबारदेखि घरमै आराम गरिरहेको र मन्त्रालय आउन छाडेका छन । आज राती वा भोलि बेलुकीसम्म रिर्पोट आएपछि मात्रै उनलाई कोरोना संक्रमण भए नभएको एकिन हुनेछ ।