काठमाडौं: कोरोना महामारीको कारण हल बन्द थिए । विस्तारै आफ्नो स्थान लिन सक्लान त ? पहिला जस्तै फिल्मले आफ्ना दर्शक तान्न सक्लान त ? भने अहिले सबैको दर्शको चासोको बिषय रहेको छ ।
अहिलेसम्म हलमा धेरै चलचित्रलागि सकेको छन् । तर अहिलेसम्म कुनै पनि नेपाली फिल्मले हलसम्म दर्शक भने तान्न सकेन् ।
तिहारको अवसर पारेर सार्वजनिक बलिउडमा चलचित्र 'सूर्यवंशी' ले दर्शक फर्सकाएको थियो । उक्त फिल्म पछि धेरै निर्माताले आफ्नो फिल्मको रिलिज मिति तय गरेका छन् । प्रतिक्षित रहेका नेपाली ठुला ब्रान्ड का चलचित्र भनेर चिनिएका फिल्मले पनि आफ्नो प्रदर्शन पनि तय गरेका छन् ।
यो साता फ्राइडे रिलिज अन्तर्गत एउटा नेपाली फिल्म र दुई विदेशी फिल्म रिलिज भएको छ । निर्देशक सुमन पौडेलको निर्देशन ,कथा रहेको `ओभरडोज´ आज बाट प्रदर्शनमा आएको हो ।
अमेरिकामै सम्पूर्ण छायाङ्कन भएको उक्त फिल्ममा नेपाली कलाकार सँगै अमेरिकाकै केही कलाकारहरूले पनि अभिनय रहेको छ l
अमेरिकामा बस्दै आएका सुमनले कोरोना महामारीकै अन्तरालमा एक चलचित्र निर्माण गरेका छन् l उक्त फिल्मका लागि उनी काठमाडौं एका छन् l फिल्मलाई लिएर सुमन निकै उत्साहित भएका छन् ।
उक्त फिल्मका लागि आफुले निकै संघर्ष र मेहेनत गरेको छु । आफुले काम गरेको परिक्षाको फलले यति बेला देखिने भएको छ ।
पन्तले भने, ‘फिल्म रिलिजका लागि एकदमै उत्साहित छु ।’ बच्चैदेखि अभिनयमा रुचि भएपनि नेपालमा हुँदा त्यो माहोल नबनेको र अमेरिका पुगेपछि अभिनय बाटो खुलेको उनको भनाई रहेको थियो ।
अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ‘ओभरडोज’ अमेरिकामै छायाङ्कन भएको हो । फिल्म ड्रग्स र अपराधको कथामा निर्माण भएको हा ।
फिल्मको मुख्य भूमिकामा प्रनिसराजसंगै सविनजंग थापा, प्रनिसराज पन्त गौरव गुरुङ, स्वामी डिले लगायतको अभिनय रहेको छ l
दुई विदेशी बलिउडतर्फ नेपालका लागि 'तडप' र हलिउड तर्फ एनिमेटेड फिल्म 'इकान्टो' प्रदर्शनमा आएको छ l बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीको डेब्यु फिल्म ‘तडप’ लाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् ।
अब हेरौं नेपाली फिल्म 'ओभरडोज' ले के दर्शक तान्नला त ? अब हेर्न बाँकि छ ।