कालिकोटको सुन्दर दृश्य खिन, नेटा । जहाँ पर्यटकीय सम्भावना छ । फोटो : पूर्णसिंह बम/फेसबुक
सुर्खेत : कर्णालीका सुन्दरता धेरै दृश्य बाहिर आउन बाँकी छ । जति दृश्य आएका छन् । ती कोही न कसैको नजरमा परेर आएका हुन् । हेर्दा लाग्छ, कर्णालीका लुकेका कैयौँ राम्रा दृश्य आउन बाँकी छ ।
लुकेका कर्णाली दृश्यहरु पछिल्लो समय युवाहरुले नै क्रमशः ल्याइरहेका छन् । ती दृश्य केवल दृश्य मात्रै छैनन्, कर्णाली विगत, वर्तमान र भविष्य बोल्ने तस्बिर छन् । जहाँ थोरै मात्रै लगानी गरेको खण्डमा पर्यटकीय दृष्टिकोणले राम्रो आम्दानी हुने बलियो स्रोत पनि छ ।
तर त्यसका लागि स्थानीय स्तरदेखि प्रदेश राष्ट्रियस्तरबाट पहल हुन आवश्यक छ ।
सल्यानको सुन्दर नाम्रा गाउँ र भेरी नदी । फोटो :कर्णाली ग्यालरी/फेसबुक
हिमपात पछि मुगुको खत्याड खेसमालिका र सैपाल क्षेत्र । फोटो : वीरेन इरागन/कर्णाली ग्यालरी
ड्रोनले खिचिएको रुकुम पश्चिमको सुन्दर दृश्य । फोटो : विनय फोटोग्राफी/फेसबुक
डोल्पाको ककोट गाउँबाट नियाल्दा देखिने पुथा हिमालको रमणीय दृश्य । फोटो : क्षिरिङ घर्ती/कर्णाली ग्यालरी
भेरी नदी किनारबाट देखिने जाजरकोट खलंगाको दृश्य । तस्बिर नवराज केसी/फेसबुक
मुगुको पानचौर जिउलो रोल । जुन खत्याड क्षेत्रमा पर्छ । फोटो : निर्मलराज शाही/फेसबुक
ड्रोनबाट देखिएको दैलेख सदरमुकामको दृश्य । फोटो : सिमान्त श्रेष्ठ/फेसबुक
जुम्ला-मुगु पैदल मार्गमा पर्ने चुचेमाराबाट रारा र काञ्जिरोवाको दृश्य । फोटो : महेन्द्रजंग बडुवाल
मुगुको कालामौला क्षेत्रको सुन्दरता र केही पर देखिएको पाटन । फोटो : आरसी सुनिल/फेसबुक