खलंगा : जुम्ला प्राकृतिक स्रोत र साधन भएको जिल्ला हो । जुम्लामा विकासका सम्भावना पनि धेरै छन् । साथै अवसर पनि । लगानीको अभावकाकारण जुम्ला मात्रै होइन कर्णालीमा धेरै सम्भावना ओझेलमा परेका छन् । पछिल्लो समय सडक सञ्जाल जोडिएसँगै जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर बन्दै गएको पाइन्छ ।
जुम्लाको अर्गानिक स्याउ एक भएपनि यसका फाइदा र परिकार अनेक छन् । जुम्लामा उत्पादन बढाइ किसानको मनग्य आम्दानी बढाउनका लागी ९स्याउका चाना० जाम ,जेली ,जुस बनाउन किसानलाइ सिकाइँदै छ । आन्तरिक तथा बाह्र्य पर्यटकले स्याउभन्दा पनि स्याउका परिकार बढी मन पराउने गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले स्याउ किसानलाई ३ दिने स्याउ प्रसोधन तालिम दिइएको छ ।
स्याउ सिजन सकिएपछि परिकारको व्यापार हुने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले ३ दिने तालिम दिइएको कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत डाक्टर इश्वर सुवेदीले बताए । समयको विकास हुँदै गएपछि जुम्लाका किसानले स्याउ बेच्ने मात्र नभइ त्यसबाट बन्ने विभिन्न परिकार बनाइ दोहोरो फाइदा लिने सकिने सुवेदीले बताए । स्याउबाट बन्ने जुस, जाम, चाना उत्पादनमा यहाँका किसानलाई व्यस्त बनाउन आवश्यक बताए ।
जुम्लामा अत्यधिक मात्रामा स्याउ उत्पादन हुने भएकाले स्याउको परिकार बनाउन किसान उत्साहित भएका छन । सरकारी तथा गैरसरकारी निकायबाट किसानले स्याउका परिकार बनाउने सीप सिकेपछि किसानहरू स्याउका चाना तथा विभिन्न प्रकारका परिकार बनाउन जुटेका हुन् ।
प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले तालिम नतिजामुखी हुन पर्ने बताइन । किसानलाई तालिम भत्तामुखी नभएर व्यवहारमा लागु गर्न आग्रह गरिन् । उनले भनिन, ‘सबै जनाले आफुले सिकेका सीप सबैलाई सिकाउन आवश्यक रहेको छ । अबको किसान आत्मानिर्भर हुनुपर्छ । किसान आत्मनिर्भर नभए जुम्ला आत्मनिर्भर हुँदैन ।’
तालिममा सहभागी स्याउ किसान पनि तालिम लिएर स्याउका परिकार बनाएर बिक्री गर्न प्रतिवद्धता जनाएका छन् । स्याउका किसानलाई स्याउका दाना बेचेर मात्रै नभइ स्याउका परिकारबाट आम्दानी सक्ने बनाउनका लागी यस्ता खालका तालिम दिइएको प्राविधिक साहयक भरत बहादुर रोकायाले बताए ।