काठमाडौं - भनिन्छ: राजनीतिमा लाजसरम र अपराध भन्ने हुँदैन । यस्तै गतिविधिसहित कर्णालीमा कांग्रेस अधिवेशनमा उत्रिएको छ । देशभरको प्रदेश अधिवेशन बिहिबारदेखि सुरु भयो । कर्णालीमा पनि विहिबार महामन्त्री पुर्णबहादुर खड्का र मुख्यमन्त्री तथा संसदीय दलका नेता जीवनबहादुर शाहीले उद्घाटन गरे ।
अधिवेशनमा गुटको रस्साकस्सी त चल्ने नै भयो । तर, गुट भित्रै पनि रस्सकाकस्सी भने कर्णालीबाट चल्यो । रस्साकस्सीकै बीच प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्यानल र वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानल मैदानमा उत्रिने पक्कापक्की भयो ।
सबै कांग्रेस कार्यकर्ता र प्रतिनिधिहरुमा प्रदेशको नेतृत्व दुई समूहमा विभाजन बन्यो भनेर थाहा दिइयो । प्रतिनिधि त्यसअनुसारको तयारी गरिरहेका थिए । यसैबीच विमलेन्द्र निधि समूहबाट सभापतिको उम्मेद्वारी दर्ता भयो । अव कर्णालीमा तीन समूहको भिड्न्त भयो । यसअघि बम देउवा पक्षमा थिए ।
पौडेल पक्षलाई पराजित पार्न देउवा समूहको रणनिति
देउवा समुहबाट सभापतिका लागि ललितजंग शाही, पौडेल समूहबाट भुपेन्द्रजंग शाही, निधि समूहबाट मोतिराज बमको उम्मेद्वारी दर्ता भएको छ । निधि समूहबाट सभापतिको उम्मेद्वारी दर्ता गराएका बम कालीकोटका हुन् । तर, पौडेल पक्षबाट उम्मेद्वारी दर्ता गराएका शाही पनि कालिकोटकै हुन् ।
कालीकोटमा जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिसम्म पौडल पक्षका छन् । कालिकोटबाटै उम्मेद्वारी दर्ता गराएका निधि पक्ष भनेपनि प्रतिनिधि मोतिराज बम मात्रै हुन् । उनको मत उनलाई मात्रै हो । उनका पक्षमा न मतदाता न अन्य पदका उम्मेद्वार कुनै छैनन । तर, पनि त्यो कुरा थाहा हुँदा हुँदै पनि उम्मेद्वारी दिन पछि परेनन । किन ? देउवा पक्षकै बलमा उम्मेद्वारी दिएको बुभिन्छ ।
प्रतिनिधिको हिसावले कर्णालीमा देउवा र पौडेल दुबै पक्ष बलियो छ । अझै भन्दा पौडेल पक्षका उम्मेद्वार भुपेन्द्रजंग शाही युवा हुनुका साथै लोकप्रिय छन् । यसकारण पनि उनलाई युवाको मत आउने सम्भावना बढी छ ।
नेविसंघका केन्द्रीय उपाध्यक्ष हुँदै दरुण दलका अहिले महामन्त्री समेत छन् । तर, देउवा पक्षले उनको मत काट्नकै लागि भएपनि देउवा पक्षकै डिजाइनमा निधि पक्षको उम्मेद्वार उठाएको हो ।
किन भने केन्द्रमा विमलेन्द्र निधि र देउवा एकै समूहबाट यसअघि मैदानमा थिए । अरु ठाउँमा निधि समूह छैन तर कर्णालीमा पौडल पक्ष र जिल्लावासीको मत काट्नकै लागि निधि पक्षको उम्मेद्वार देउवा पक्षको डिजाइनमा उठाइयो ।
कालिकोट पौडल पक्षको बलियो छ । निधि पक्षलाई कालिकोटबाटै उम्मेद्वार उठाएर जिल्ल्लाकै भोट विभाजन गरेपछि कर्णालीमा बराबरीमा रहेको देउवा समूहले जित्न सकिने आकलन गरेको हो ।
प्रदेशदेखि केन्द्रसम्म गरेर ७ सय ५३ जना प्रतिनिधि छन् । जसमध्ये कालिकोटबाटै ६२ जना प्रतिनिधि छन् । सुर्खेतबाट १ सय २३ जना, हुम्लाबाट ६३ जना, मुगुबाट ६१ जना, जुम्लाबाट ६२ जना, जाजरकोटबाट ६३ जना, सल्यानबाट ६२ जना, रुकुम पश्चिमबाट ६१ जना, डोल्पाबाट ६२ जना, दैलेखबाट एक सय २५ जना प्रतिनिधि छन् । पछि ९ जना प्रतिनिधि थपिएको छ ।
७ सय ४४ प्रतिनिधि मध्ये ३९ प्रतिनिधि तटस्थ रहेका छन् । उनीहरुले कता पक्षलाई मतदान गर्छ भन्ने टुङ्गो छैन । ७ सय ५ प्रतिनिधि भने तीन समूहमा विभाजन छन् । जसमध्ये निधि पक्षबाट उम्मेद्वार भनेपनि प्रतिनिधि भनेपनि एक छन् । मोतिराज बम हु्न् ।
उनले सभापतिका लागि उम्मेद्वारी दर्ता गराएका छन् । भने कर्णालीको जिल्ला सभापतिको हकमा देउवा समूह भनेपनि पौडेल पक्ष पनि उत्तिकै बलियो छ ।
सुर्खेतमा १ सय २३ प्रतिनिधिमा पौडेल पक्ष कमजोर छ । ३० देखि ४० काबीचमा आन्तरिक रुपमा पौडेल पक्षलाई मतदान हुने भएको छ । भने, देउवा पक्षले ७० देखि ९० काबीचमा मत पाउने संकेत छ ।
कालिको पौडल पक्ष हाबी छ । देउवा पक्ष कमजोर छ । कालिकोटका प्रतिनिधि मात्रै हेर्दा पौडेल पक्षले ५० देखि माथी नै मत पाउने अनुमान छ । किन ? पौडेल पक्षबाटै कालिकोटका भुपेन्द्रजंग शाही सभापतिको उम्मेद्वार छन् ।
दैलेख पुर्ण रुपमा पौडल पक्ष बलियो छ । सल्यानमा पनि पौडल पक्षको नै हाबी देखिएको छ । मुगुमा पौडेल पक्ष र देउवा पक्ष बराबरी छ । यद्यपी देउवा पक्ष बलियो भएको दाबी गरेको छ । हुम्लामा देउवा पक्ष पुर्ण रुपमा बलियोछ । जाजरकोटमा बराबरी छ ।
सबै ठाउँको अवस्था हेर्दा पौडल पक्ष र देउवा पक्ष बलियो छ । तर, भेग र जिल्लावासीका हिसाबले जुम्लामा पौडल पक्ष बलियो भएपनि देउवा पक्षले मत पाउन सक्छ । किन ? देउवा पक्षका उम्मेद्वार ललितजंग शाही जुम्लाका हुन् ।
सभापतिदेखि सदस्यसम्म गरेर ५१ जना उम्मेद्वार छन् । जसमध्ये चार जना निर्विरोध छन् । भने ४७ जनालाई मतदान गर्नुपर्ने छ । मतदान जिल्ला समन्वय समिति सुर्खेत परिसरमा भइरहेको छ ।