एजेन्सी : कहिलेकाहीँ यस्ता दुर्घटना हुन्छन् कि जसको बारेमा कल्पना सम्म पनि गरिएको हुँदैन । यस्तै अनौठो दुर्घटनाको सिकार भएका छन् बेलायतमा एकजना मानिस ।
ती मानिसको दिन यतिधेरै खराब रहेछ कि उनको मलद्वारमा खतरनाक बम घुस्यो । मलद्वारमा बम छिरेपछि उनी घाइते अवस्थामा इन्तु न चिन्तु एर अस्पताल पुगे । जब उनको समस्याका विषयमा डाक्टरहरूले थाहा पाए, डाक्टरहरू पनि डरले काँप्न थाले ।
द सनका अनुसार डिसेम्बर २ का दिन एकजना व्यक्ति सख्त घाइते अवस्थामा अस्पताल पुगे । जब उनी अस्पतालमा भर्ना भए ती व्यक्तिमाथि भएको दुर्घटनाको बारेमा थाहा पाउँदा सबैको होस उड्यो ।
वास्तवमा ती व्यक्ति सेनामा कार्यरत रहेछन् । उनले आफ्नो घरमा सरसफाइ गरिरहेका थिए । त्यहीँ बेला उनको खुट्टा चिप्लियो र उनी घरमा राखिएको बममाथि लडे ।
उनको दिन यतिधेरै खराब रहेछ कि ठाडो बनाएर राखिएको बम सिधै उनको मलद्वार भित्र घुस्न पुग्यो । उनी पीडाले रुन चिच्याउन थाले र दर्दनाक अवस्थामा अस्पताल पुगे । अस्पतालमा पुगेपछि जब डाक्टरहरूले ती बिरामीको मलद्वारमा बम घुसेको थाहा पाए तब त्रासका कारण सबैको हालत खराब भयो । अस्पताल प्रशासनले तत्कालै बम निस्क्रिय पार्ने टिम बोलायो ।
बम डिफ्यूज पार्ने टिम आएर सबैभनदा पहिले उनको मलद्वारमा छिरेको बफ निस्क्रिय पार्यो । निस्क्रिय पारेपछि मात्र उक्त बमलाई बाहिर निकालियो ।
समाचार अनुसार ती व्यक्तिको मलद्वारभित्र छिरेको यो खाले बम बेलायतको रोयल आर्टिलरीले दोश्रो विश्वयुद्धमा प्रयोग गरेको बम थियो ।
करीब ५७ मिलिमिटर मोटो र १७० मिलिमिटर लामो यस्तै बमलाई पछि बेलायती सेनाले उत्तरी अफ्रिकामा समेत प्रयोग गरेको थियो ।
मलद्वारमा घुसेको खतरनाक बम निकालेपछि ती व्यक्तिको ज्यान त जोगिएको छ तर घाउ पूर्ण निको हुनका लागि केही दिन लाग्ने बताइएको छ ।