नेपाली कांग्रेसको संघीय संरचना पछिको प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको छ । एक जीवन्त पार्टीमा नेतृत्व छनोट गर्नका लागि लोकतान्त्रिक अभ्यास निर्वाचन प्रक्रियामा जानु विधि सम्वत् हो । मैले सुदृढ कांग्रेस र समृद्ध कर्णाली बनाउने सपना बोकेर कर्णाली प्रदेश सभापति पदको निर्वाचन प्रक्रियामा भाग लिएको थिए । मेरो चाहना नै गुट बलियो नभइ सिंगो कांग्रेस बलियो बनाउने हो ।
निर्वाचनमा जाँदा विजय वा पराजय स्वभाविक हो । कर्णाली प्रदेश सभापतिमा विजयी हुने ललितजंग शाही लगायत सम्पूर्ण पदाधिकारी हरुमा हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
निर्वाचन प्रक्रियामा पराजित हुदा मैले प्रदेश सभापति पद गुमाएँ। तर मैले कर्णालीमा कांग्रेसलाई बलियो बनाउने सुदृढ कांग्रेस समृद्ध कर्णालीको सपना गुमाएको छैन । कर्णालीका आम कांग्रेसजनहरूको माया, ममता र सद्भाव धेरै नै प्राप्त गरेको छु ।
मलाई मत दिने सबै मतदाताहरूप्रति कृतज्ञ छु । तपाईहरूको ऋण तिर्नका लागि सधै लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दछु । कर्णालीमा आगामी सबै तहका संसदीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने ठुलो चुनौती छ ।
यो चुनौतीलाई सामना गर्न अबको दिनमा नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने अवस्था छ । यस अभियानमा प्रदेश कार्यसमितिमा विजयी भएका साथीहरू भन्दा अझै बढि सक्रिय भएर संगठन गर्ने अठोट गरेको छु।
प्रदेश अधिवेशन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने कणांली प्रदेशका दश वटै जिल्ला सभापति, महासमिति सदस्य महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि पार्टिका सम्पूर्ण नेता र कार्यकर्ता, निर्वाचन समिती र अग्रज नेताहरूप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु । तपाई हरुको हरेक सुख दुःखमा सदैव साथमा रहनेछु ।
जय नेपाल !
(शाही कांग्रेस कर्णाली प्रदेशको सभापति पदका प्रत्यासी हुन् ।)