काठमाडौं : पछिल्लो समय युवाको रुचि व्यवसायीतिर कमै देखिन्छ । अझै कर्णालीका युवाहरु व्यवसायी भन्दा कालापहाडतिर लाग्ने गरेको ज्वलन्त उदाहरण छन् । यस्ता उदाहरणलाई परास्त गर्दै काठमाडौंको मुटुमै कर्णालीका एक युवाले होटेल व्यवसायी सञ्चालन गरिरहेका छन् । कालिकोटका युवा लोकेन्द्रबहादुर शाहीले काठमाडौंको मुटु अर्थात् माइतीघर मण्डलामा कर्णालीको लोलोनी अर्गानिक चुलो सञ्चालन गरेका हुन् ।
उक्त चुलोमा कर्णालीकै अर्गानिक खाना जुम्लाको मार्सी चामल, ढिँडो र सिस्नो लगायतका परिकार पाउने गरेको छ । कर्णालीलाई चिनाउनका लागि पनि उक्त कर्णालीको अर्गानिक चुलो सञ्चालनमा ल्याएको युवा व्यवसायी शाहीले बताए । विशेष गरेर कालिकोटको सिमी जुम्लाको मार्सी ढिँडो र सिस्नो लगायतको परिकार पाउने शाहीले बताए ।
शिक्षाका हिसाबमा लोकेन्द्र शाहीले स्नातकोत्तर गरेका छन् । उनीले विभिन्न ठाउँमा जागिर पनि गरे । उनीसँग जागिरको राम्रो अनुभव छ । अहिले पनि विभिन्न ठाउँबाट जागिरको अफर आइरहेको छ । तर, उनको उद्देश्य छ कर्णालीलाई चिनाउने । कर्णालीको खानाको परिकार चिनाउने ।
कालिकोट तिलागुफा नगरपालिका - ३ शाहीले सीडीसी लगायतका संस्थाको जागिर त्यागेर होटेल व्यवसायीतिर लागेका बताए । ‘कोरोना महामारीकाकारण धेरै होटेल व्यवसायी डुबेका छन् । कोही छोँडेर कति विदेश त कति जागिरतिर लागिसकेका छन् । हामीले महामारीबीच पनि सञ्चालनमा छ’ उनले भने ।
माइतीघरमा भएको कर्णाली चुलो कर्णालीको लागि प्यारो भएको उनले थपे, ‘जागिरपछि व्यवसायी क्षेत्रलाई रोज्दा चुनौति त थियो नै । किन ? यो मेरो पहिलो अनुभव हो । कालिकोटको मान्छे काठमाडौंमा व्यवसायी गर्न गाह्रो छ । त्यसमाथि सञ्चालन गरेकै वर्षबाट कोभिड सुरु भयो । कोभिडले हामीलाई समस्या त तुल्याएकै छ । यसबीच पनि कर्णालीको प्यारो, कर्णालीको खानालाई चिनाउने उद्देश्य भएपछि निरन्तर चलिरहेको छ ।’
कर्णाली चुलोमा आफुले अडर अनुसार, कर्णालीको अर्गानिक खाना पाउने गरेको छ । कर्णालीबाट आएर व्यवसायी सुरु गर्दा ग्राहकले त चाउमिन, मम, बर्गर, पिज्जा खाना बानी परेका हुन् कर्णालीको मार्सी, सिमी, ढिँडो र सिस्नो, कर्णालीकै खसीको मासु के खान्छन् होला भन्ने सोचेको तर कर्णालीको खान्की धेरै चलेको उनको भनाइ छ ।
अचेल सबै आएर कर्णालीकै खाना खाने गरेको उनले बताए । चुलोमा जुम्ली मार्सीसँगै सिमिको दाल, स्याउको चाना, जौको पिठो, फापरको पिठो, ढिँडो अति रुचाएको उनले बताए ।
विश्वकै अग्लो स्थानमा उत्पादन हुने जुम्ली मार्सी धानको खाना कर्णालीको लोलोनी अर्गानिक चुलोमा निकै रुचाइए छ । ८ महिनादेखि ९ महिनासम्म निकै चलेको उनले बताए । यसबीच जुम्लाबाट ल्याएको ३३ क्विन्टल सिमी, १० क्विन्टल मार्सी, ५० केजी फापर लगायत ३० क्विन्टल बिक्री भएको उनले बताए । कर्णाली चुलोले फापरको ढिँडो र चिकेन पाँच सयले खुवाउने गरेको छ ।
कर्णालीको लोलोनी अर्गानिक चुलो सञ्चालन गर्नुमा श्रीमतीको ठुलो हात भएको उनले बताए । श्रीमती निरुता शाही स्थायी शिक्षक हुन् । उनी रामेछाममा कार्यरत छन् । दुई बच्चा छन् । उनीहरुको भविष्यका लागि पनि कालिकोटमा सञ्चालन गर्ने भनिएको होटेल माइतीघरमा सञ्चालन गरेको शाहीले बताए । छोरा छोरी हाल भक्तपुर बस्दै आएको उनको भनाइ छ ।