काठमाडौं : नेपाली फिल्म हेर्ने जो-कोहीको मन मुटुमा बस्न सफल नायक हुन् - प्रदीप खड्का । उनी अहिले फिल्म 'प्रेमगित ३' रिलिज तिर व्यस्त छन् ।
प्रेमगित ३ फागुन १३ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले बिहीबार फागुन १३ गते प्रेमगित ३ प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।
कोरोना महामारीले नेपाली फिल्मलाई थला परेको छ । अझै पनि हालसम्म दर्शक आउँन डराउँछन् । कोरोनाको प्रत्यक्ष रुपमा फिल्म क्षेत्रमा ठुलो असर गरेको छ ।
दुई वर्षपछि हाल खोलेको छ । अझै चलायमान हुन् सकेको छैन । अहिलेसम्म हलमा धेरै चलचित्र प्रदर्शन भएको छन् । तर अहिलेसम्म कुनै पनि नेपाली फिल्मले हलसम्म दर्शक भने तान्न सकेन् ।
तिहारको अवसर पारेर सार्वजनिक भएको बलिउडमा चलचित्र 'सूर्यवंशी' ले दर्शक फर्काएको थियो । उक्त फिल्म पछि धेरै निर्माताले आफ्नो फिल्मको रिलिज मिति तय गरेका थिए । प्रतिक्षित रहेका नेपाली ठुला ब्रान्डका चलचित्र भनेर चिनिएका फिल्मले पनि आफ्नो प्रदर्शन मितितय गरेका छन् ।
यसै बीच नेपाली ब्रान्ड बनाएको बहुप्रतिक्षित फिल्म 'प्रेमगित ३ ' ले पनि आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ । करिब एक बर्ष अघि सार्वजनिक हुने भनिएको फिल्मी कोरोनाको कारण सारिएको थियो ।
कोरोनाकै बीच उक्त चलचित्र प्रदर्शन नभए नि । निर्देशक तथा निर्माता सन्तोस सेनले उक्त चलचित्रलाई हिन्दीमा पनि डब गरेको छन् ।
नेपाली र हिन्दी भाषामा गरि एकै चोटी सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ । ठुलो बजेटमा निर्मण गरिएको फिल्म । एक सय ५० वर्ष पुरानो कथाबस्तुलाई फिल्ममा समेटिएको छ ।
अक्षय कुमारको 'सूर्यवंशी'ले नेपाली चलचित्रलाई हालचल गरेको छ । छायांकन सकेर धेरै फिल्म प्रदर्शनको फर्खाईमा थिए । तर लगानीमा डुब्छकी भने धेरै निर्माताले फिल्म रिलिज पनि गरेका छैन ।
यसै चुनौती लिदै सन्तोष सेन र अहिलेका स्टार प्रदीपका लागि विशेष हो । यो फिल्मबाट सेनले निर्देशकमा डेब्यु गरेका छन् भने लगातार तीन वटा फिल्म असफल भएपछि प्रदीप यसै फिल्मबाट फेरि उठ्ने कोसिस गरिरहेका छन् ।
प्रेमगित ३ का निर्देशक तथा लेखक छेतेन गुरुङको निधन भएपछि यो फिल्म सफल रुपमा हलसम्म ल्याउने सबै जिम्मेवारी सेनको काँधमा आएको छ ।
यस्तो लेख्छन् सेन आफ्नो फेस्बूलमा