काठमाडौ राजधानी बस्नेले जहाज देख्न पाएका थिएनन् । जुद्धशम्शेरले जहाज काठमाडौ ल्याउने सपना देखेका थिए, सम्भव भएको थिएन । अन्तिममा काश्मिरका राजकुमार कुवर करणसिंहले राणा प्रधानमन्त्री मोहनशम्शेरका नातिनीसंग विवाह गर्नको लागी जन्तीसहित जहाजमा काठमाडौ आउने समाचार आएपछि छिटो छिटो सानो गौचरलाई सम्याएर जहाज उतार्नको लागी तैयार पारिएको थियो ।
त्यो भन्दा १६ वर्ष अगाडी नै सोलुखुम्बुको आकाशमा सगरमाथामाथी जहाज उडिसकेको थियो । १९८९ साल चैत्र २१ अर्थात सन् १९३३ अप्रिल ३ मा राणा प्रधानमन्त्री जुद्धशम्शेरको अनुमतिमा भारत पुर्णिया जिल्लाको लालबालुबाट सगरमाथाको लागी जहाज उडाइएको थियो ।
यो जहाजलाई मेजर स्टेवार्ट ब्ल्याकरले उडाएका थिए । यो उडानको फिल्म, सगरमाथाको दुर्लभ तस्विर तथा सम्पुर्ण विवरण सहितको पुस्तक पनि पंक्तिकारसँग सुरक्षित छ ।
सो समयमा लगातार धेरै समय उडाउन सकिने जहाज बनिसकेका थिएनन् । दोश्रो हिमालको माथी जहाज उडाउने अनुभव पनि थिएन । तेश्रो जुन उद्धेश्यले जहाज उडाउन खोजिएको थियो । त्यसको सम्भावनाबारे पनि कुनै जानकारी थिएन ।
जहाज उडाउनको लागी सगरमाथा देखि नजिकको दुरीमा रहेको भारतको भूमी पुर्णिया जिल्ला रोजियो । पाइलटहरूलाई मृत्यु पनि हुन सक्ने सम्भावना पहिल्यै जानकारी गराइयो । त्यसपछि सबैभन्दा विश्वसनिय क्यामेरा विलियम्सन एयरक्राफ्ट क्यामेरोको इगल मोडेल रोजियो ।
यसरी उडानको प्रत्येक कोणबाट विश्लेषण गरिएको थियो । पाइलटहरू युद्धक विमानका पाइलट थिए । तसर्थ सबै काम विना समस्या समाधान भयो । यस सम्वन्धी डकुमेन्ट्री पनि बनाइयो ।
जसको प्रसारण १९९० सालमा बीबीसीले गरिसकेको थियो । यो फिल्म नेपालमा अहिले म आफैसँग सुरक्षित छ ।
सगरमाथामाथि जहाज उडेको त्यो पल
सगरमाथा माथि बिजय हासिल गर्न निकै प्रयासहरु भए । कति यहि प्रयासमा आफ्नो जीवन नै त्याग्न पुगे भने कतिले विजय हासिल गरे । यहि क्रममा सगरमाथा माथी हवाइजहाज उडाउने प्रयासको पहिलो थालनी बि.सं. १९७७ तिरबाट नै भएकाे थियाे ।
बि.सं.१९८९ चैत्र २१ गते बिहान ८ः२५ मा भारत पुर्णिया जिल्लाको सानाे अस्थाइ विमानस्थलबाट David McIntyre तथा Sir Douglas Douglas-Hamilton ले सगरमाथा माथी जहाज उडाएर देखाए । Westland PV-3 र Westland PV-6 नामक दुइ युद्धक विमानलाइ केही परिमार्जित गरेर उडाइएको थियो ।
यहा राखिएको फिल्म Wings over Everest का केही दृश्य काटेर छोटो बनाइएको हो । यो फिल्मले इ.सं. १९३६ को ओस्कार एवार्ड जितेको थियो ।