काठमाडौं - अहिले देशभर साना बालबालिकाको गायन प्रतिभा प्रष्फुटन गर्ने द भोइस अफ किड्सको चर्चा छ । जसले साना बालबालिकामा रहेको प्रतिभा उजागर मात्रै गरेको छैन, आगामी नेपाली सांगितिक दूनियामा आफ्नो बर्चश्व राख्न सक्ने गायक तथा गायिकाको सम्भावना पनि देखाइरहेको छ ।
यही बालगायनको महाकुम्भमा कर्णालीबाट पनि केही बालबालिकाको सहभागिता छ । जसले नेपालमा नयाँ सम्भावना र प्रतिभाको खोजी गरिरहेको छ । द भ्वाइस अफ किड्समा कर्णालीबाट पनि बाल गायक सहभागित छन् ।
जसको नाम हो, पवन अधिकारी । कालिकोटको शुभकालिका गाउँपालिकाका ४ का पवन द भोइस अफ किड्सको एपिसोड ४ मा देखिएका हुन् ।
देउडा गीतमा घुटुक बटुली लाया, साइ तम्रा पासैमा रातिमा सपाना आया बोलको गीत गाएर तीन जना जजा फर्काएका छन् । पहिलो कोच राजु लामा, दोस्रोमा कोच मिलन नेवार र तेस्रो कोचमा प्रमोद खरेल फर्केका थिए ।
तीन जना कोच फर्काएपछि सबैले फकाउने नै भए । तर अन्तिममा मिलन नेवारले बाजी मारिन् । पवन आफैले मिलनलाई रोजेका थिए । आफु सानैखि प्रमोदको गीत सुन्दै हुर्केको भएपनि आफु मिलनतिर जान इच्छुक रहेको उनले बताए ।
यसरी लिँदा स्टेजमै पवन, मिलन र प्रमोदबीच खस भाषामै कुरा भएको थियो । जसले पवनको मन मिलनले जित्न सफल भइन् । ुद भ्वाइस अफ अन्तर्राष्ट्रिय टेलिभिजन गायनको वास्तविकता शृङ्खला द भ्वाइस एक नेपाली कार्यक्रम हो । पछिल्लो समय नेपालमा सबै भन्दा धेरै हेर्ने र सबैले रुचाएको रियालिटी शो पनि यो मानिएको छ ।
यसले धेरैको जीवनमा रंग भरेको छ । कतिको गरिखाने बाटो बनेको छ। कतिको सहारा बनेको छ । कतिको टिभीमा देखिने शोख पनि पुरा भइरहेको छ । लुकेर रहेका प्रतिभालाई शो मार्फत दर्शक माझा देखाउने अवसर बनेको छ ।
नेपालमा धेरै गायन रियालिटी शो नेपालमा आए। तर दर्शकको मन जित्न सकेन् । द भ्वाइस अफ नेपाल भित्र धेरै गायन रियालिटी शोले यति धेरै दर्शको माया पाउँछ भने कल्पनासमेत गरेको थिएन्।
नेपालको कुना कुनामा लुकेर रहेका नयाँ प्रतिभालाई हरेक बर्ष दर्शक माझ आएको छन् । हरेक बर्ष द भ्वाइस अफ सिजन सुरु भएको छन् ।
यस वर्षदेखि नेपालमा पहिलो पटक द भोइस अफ किड्समा ल्याएर आएको छन्। यसलाई निर्माण टिमले पनि राम्रो बनाएको छ ।
उक्त शोमा देशको धेरै ठाउँबाट भाग लिएका छन् । द भ्वाइस अफ किड्सुले गर्दा फेरी एक नयाँ लुकेर रहेको प्रतिभा दर्शकमाझ आएको छन् ।
कालिकोटदेखि काठमाडौंसम्मको यात्रा
राष्ट्रिय पोशाकमा सजिएर भ्वाइसको स्टेजमा आएका पवन उमेरले १२ वर्ष मात्रै पुगेका छन् । तर उनी ५ वर्षदेखि नै स्कुलमा अन्य कुनै गाउँमा कार्यक्रम भयो भने उनले गीत गाउँथे।
तर उनलाई पढाई भन्दापनि गीत संगीतमा बढी रुची लाग्थो। तर घरमा साथ सहयोग भने उनलाई भइरह्यो । दाइ कमल अधिकारीको साथ सहयोगले गर्दा पवन अहिले भ्वाइसको स्टेजमा छन्।
अझै पनि कर्णालीको पहिलो लक्ष्य भनेकै सरकारी जागिर हो । रंगिन दुनिया भन्दा नि कार्यालय सहयोग भए पनि सरकारी जागिर नै रोज छन् । आलु मिठो तरकारी, जागिर राम्रो सरकारी..। पवनको परिवारले रंगिन दुनियाँमा इच्छा नहुँदा नहुँदै पनि अहिले भ्वाइसको स्टेजमा छन् ।
आज पवनका दाइले उनको सपना पुरा गरिदिएका छन् । उनले भनेका छन्, द भ्वाइस अफ किड्स जित्ला वा नजित्ला तर मलाई जिते जस्तो लागिसकेको छ । किन भने मेरो सहभागी नै मेरो जित नै हो । नेपालको ठुलो रियालिटीमा गाउने अवसर पाएको छु । म यसैमा खुशी छु ।
हुने बिरुवाको चिल्लोपात भने झैँ उनी सानै देखि गीत गाउँ रुचाउँथे । उनी रियालिटी शोमा वा टिभी हेर्थे। आफु पनि यस्तै एक दिन स्क्रिनमा देखिने सपना थियो । त्यो सपना आज पुरा भएको उनले बताए।
उनले भने अनुसार घरमा दाइको पूर्णता समर्थन छ। तर अन्य परिवारबाट सहयोग भने पाइएको छैन । उनले फेरी यसैमा थपे बुवा आमाले गीत भन्दा पनि पढेर सरकारी जागिर खाएको मन पराउँछ । त्यसैले अन्य परिवारबाट सहयोग नपाएको उनले बताए ।
पवनले भने सोचेको थिए । चार जना कोचलाई नै फर्काउन्छु सोचेको थिए । तर सकेन् । ३ जना फर्किनु भो । तर पनि खुसी छु। स्क्रिन र दर्शकमाझ आफ्नो प्रस्तुति दिन पाए ।
उनले कर्णालीको कालिकोटमा द भोइस अफ डिड्समा सहभागिता मात्रै जनाएका छैनन । यसमा केही र फरक गर्ने सोच समेत बनाएका छन् । यो नै उनको साहस हो । कर्णालीमा खस बाहुल्यता काठमाडौँले स्वीकार गर्दैन । तर पवन अहिले भोइसमा सबैका लागि प्रिय पात्र हुन् ।
उनले त्यो लोभलाग्दो चर्चा र गायन प्रभाव देखाउनु पनि राम्रो हो । तर यसलाई आगामी श्रृंखलामा कत्तिको निरन्तरता दिन सक्छन् ? त्यो हेर्न बाँकी छ ।