काठमाडौं : पछिल्लो समय नेपालमा साउथ हिन्दी फिल्म नहेर्ने बिरलै होलान । साउथ फिल्म भन्ने बितिकै सबैले 'बाहुबली', 'के.जी,अफ', 'मग्दिरा' सबैको मुखमा झुण्डिएको हुन्छ ।
एसएस राजामौलीको निर्देशनमा तयार पारेको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज भएको छ। उक्त फिल्म राजामौलीको निर्देशनमा बनेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।
किन भने उनले यसै अघि ब्लॉकबस्टर हिन्दी फिल्म 'बाहुबली' निर्देशन गरेका थिए । ‘आरआरआर’को मुख्य भूमिकामा चर्चित नायक राम चरण तथा एनटिआर जुनियर मुख्य भूमिकामा छन्।
उनीहरूसँगै आलिया भट्ट, अजय देवगन, ओलिभिया मोरिस, एलोसन दोडी, रे स्टेभन्सन लगायतको अभिनय छ। रिलिज अघिनै उक्त फिल्मले ४ सय करोड भारू कमाइ सकेको भारतीय सञ्चारमाध्यमले जनाएका छ।
आगामी जनवरी ७ मा रिलिज हुने भएको छ । भारतीय सिनेमासम्बन्धी वेबसाइट फिल्मीबिटका अनुसार सिनेमाको तेलांगना बिक्री अधिकार करिब २१५ करोड भारूमा बिक्री गरिएको छ बने केरलामा सिनेमालाई १५ करोड भारूमा बेचिसकिएको छ।
‘बाहुबली’ निर्देशकको चलचित्र भएका कारणले पनि ‘आरआरआर’ दर्शकमाझ सर्वाधिक प्रतीक्षित छ । बक्स अफिसमा यो चलचित्रले नयाँ रेकर्ड राख्ने विश्लेषण गरिएको छ ।