(कर्णालीमा अझै रोग छ । भोक छ । गरीबी छ । अभाव छ । अशिक्षा छ । यसैलाई मुल मुद्दा बनाएर राजनीतिकको खेती गर्ने नेता छन् । तर, आज तिनै नेता कर्णालीमा विकासको बाधक बनेका छन् । कर्णालीको सम्भावना अँध्यारोतर्फ छ । अर्थात् सत्ता र स्वार्थको राजनीति गरेर कर्णालीवासीलाई विकास र समृद्धिका नारा बेचिरहेका छन् । नेताका नारे प्रवृत्ति मात्रै होइन इतिहास हेर्दा, खोज्दा कर्णालीका लागि महत्वपुर्ण योगदान गरेका व्यक्ति पनि छन् । त्यस मध्येका एक हुन् भैरव रिसाल । वरिष्ठ पत्रकार रिसालले सुरु गरेको हुम्लामा उज्यालो अभियान र त्यो अभियानबारे लेखेको यो सामग्री हामीले रिसालकै पुस्तक ‘उहिलेको नेपाल’बाट लिएका छौं –सम्पादक )
विपन्नताको कारण बिजुली बाल्न नपाएका हुम्लीहरूले विभिन्न दाताको सहयोगबाट सौर्य बत्ती पाएपछि गद्गद् हुँदै खुशी साटेका थिए, हाम्रो त जीवन नै फेरियो ।
२०६० सालताका नेपाल वातावरण पत्रकार समूहमा काम गर्थे । हुम्लाका तत्कालीन जिविस सभापति जीवनबहादुर शाही बडो उत्साहसाथ एक दिन थापाथलीस्थित कार्यालयमै आए र भने, हुम्लामा सोलारबाट बिजुली बाल्ने कार्यक्रम चलिरहेको छ । प्रतिघर रू. ४ हजार जुटाउन सके विपन्न स्थानीयले बत्ती बाल्न पाउने रहेछन् ।
पूर्वाधार विकास र अन्य सुविधामा पछाडि रहेको कर्णालीको विकट हिमाली जिल्लामा उज्यालो पुऱ्याउने कुराले झङ्कृत बनायो । तत्काल भनें, रू ४ हजारमा एउटा घर उज्यालो हुन्छ भने म खोज्छु पैसा, अरू कामको नेतृत्व तपाई गर्नुहोला ।"
त्यस बेला सरकारले हुम्लामा विद्युतीकरणका लागि वैकल्पिक ऊर्जा कार्यक्रम अन्तर्गत सोलार प्यानलबाट बिजुली पुन्याइरहेको थियो जस अन्तर्गत एउटा घरमा तीनवटा सौर्य बत्ती बाल्न जम्मा रु १६ हजार लाग्दो रहेछ । त्यसमध्ये आधा रकम सरकारले सहयोग गर्ने, रू. ४ हजार सरोकारवाला कम्पनीले व्यहोर्ने र बाँकी रू ४ हजार भने घरधनीले हाल्नुपर्ने थियो ।
तर हुम्लाका अधिकांश जनतासँग एकैचोटि त्यो रकम तिर्ने हैसियत नभएकाले दाताहरूबाट सहयोग जुटाउन विभिन्न साथीहरूको सहयोगमा हुम्लामा उज्यालो अभियान शुरु गरे । पहिलो वर्ष ५०, अर्को, वर्ष ५०० र त्यसपछि पाँच हजार घरमा सोलार प्यानल जोड्ने अभियानको लक्ष्य थियो ।
उदारमना सहयोगी
त्यसपछिका दिनमा जुनसुकै सामाजिक कार्यक्रम एवम् उत्सवहरूमा जाँदा त्यही अभियानको कुरा गर्न थाले नेपाल सरकारका सचिव चण्डीप्रसाद श्रेष्ठकी छोरीको बिहेमा जाँदा मित्र रत्नसंसार श्रेष्ठ भेटिए उज्यालो अभियानबारे सुनाउनासाथ उनी रू ४ हजार सहयोग गर्न तयार भए । भोलिपल्टै प्रयागदत्त तिवारीले रू ४ हजार दिए। म उत्साहित भएँ ।
२०६० चैतमा हिमाल का तत्कालीन सम्पादक राजेन्द्र दाहालले उज्यालोले ‘अभियानको विषयमा पाका पत्रकारको बौलाहा योजना’ शीर्षकमा समाचार छापे । त्यो समाचार घेरैले पढेछन्, सहयोगीहरू आफै अगाडि आउन थाले । रकम जम्मा हुन थाल्यो । त्यति बेला बीबीसी रेडियोको नेपाली सेवामा रहेका रवीन्द्र मिश्रले बेलायतबाट फोन गरेर १०० घरमा बत्ती बाल्ल रू ४ लाख सहयोग गर्ने बताए । रातो बंगला स्कूलले ५० घरमा उज्यालो पुयाउन रु २ लाख दियो । यस्तै, पद्मा दीक्षितबाट पनि रू २ लाख प्राप्त भयो ।
मैले एक वचन नमनी झण्डै ५० जनाले सहयोग गरे । कति जनाले रु ४ हजारको ठाउँमा रू १ हजार थपेर दिए। कति उदारमनाहरूले त आफ्ना परिवारका सबै सदस्यको नामबाट रू ४/४ हजार सहयोग गरेर छक्कै पारे करिब रु २२ लाख जम्मा भएछ त्यो रकमबाट हामीले हुम्लाका सिमकोट, बुरीसे, खार्पुनाथ, लिमीलगायत ठाउँका ५५० घरमा सौर्य बत्तीको बन्दोबस्त गन्यौ। मैले त रकम मात्र खोजखाज गरेको थिएँ। बाँकी सबै काम हुम्लाका जिविस सभापति शाही, स्थानीय स्तरमा स्लोल्याण्ड एकीकृत विकास केन्द्रकी अध्यक्ष वसन्ती शाही, पत्रकार भक्तबहादुर रोकाया र उनीहरूको टोलीले गन्यो ।
उज्यालो अभियानमा सहयोग गर्ने दाताहरूको इच्छा र शर्त थरीथरी थिए, तिनमा प्रगतिशील भावना थियो । कतिपयले घरमूली महिला भएको घरमा कतिले धूम्रपान नगर्ने घरमा र कतिले छोरासरह छोरीलाई पढाउने घरमा मात्र आफ्नो सहयोग खर्चने शर्तमा रकम दिएका थिए । दिवंगत आमा वा बाबुको नाममा, छोरा/छोरीको जन्मदिन र दाम्पत्य जीवनको रजत महोत्सवको सन्दर्भमा सहयोग गरी आफ्नो परिवारमा उज्यालो थपिएको महसूस गर्नेहरू पनि उत्तिकै थिए ।
जीवन फेरियो
उज्यालो अभियानले २०६०/६१ भित्र हुम्लाका ५० घर र २०६५/६६ सम्ममा ५५० घर उज्यालो पायो । पहिलो वर्ष उज्यालो पुगेका ५० घरघुरीमध्ये ४६ वटा दलित समुदायका दुई घर आदिवासी र दुई घर अत्यन्त विपन्न परिवारका थिए ।
हाम्रो अभियानको कामको मूल्याङ्कन गर्न २०६५ जेठमा डा पीताम्बर शर्मा, डा चैतन्य मिश्र, पत्रकार कुन्द दीक्षित, वातावरण पत्रकार समूहका अर्जुन ढकाल र म हुम्ला गएका थियो । केही स्थानीयले सोलार प्यानल बेचे रे भन्ने सुनियो । तर तीबाट किन्ने व्यक्तिहरूले सोलारको सदुपयोग गर्दै आफ्नो घरमा बालेको थाहा पाउँदा खुशी लाग्यो ।
सिमकोटका कर्ण दमाईले सौर्य बत्ती पाएपछि राति लुगा सिउने काम गरेर दिउँसो ज्याला मजदूरीमा हिंड्न पाएको खुशी सुनाए । अन्यले पनि राति बत्ती नहुँदा कुट्ने, पिघ्ने, केलाउने, ताकु (ऊन) काले जस्ता काम दिउँसो सक्नुपर्दा आम्दानीको काममा बाहिर हिड्न नपाउने समस्या बत्तीको व्यवस्थाले समाधान गर्दा जीवन फेरिएको बताए ।
दुर्गम भेक भएकाले मट्टीतेल लैजान कठिनाइ हुने हुम्लामा त्यस बेला अधिकांशले खोटो सहितको सल्लो बाल्थे । सौर्य बत्ती भएपछि सल्लाको रूख काटिने क्रम रोकियो । २०६२ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले 'विकट ग्रामीण जिल्ला हुम्लाका घरहरूमा सौर्य बिजुली बत्ती पुन्याई स्थानीय जनतालाई लाभ पुन्याए वापत मलाई विज्ञान प्रविधि प्रवर्द्धन पुरस्कार दिएको थियो ।