नेपालको राजनीतिक व्यवस्था समयाअनुसार आफ्नो बेलामा शक्तिशाली ठानिए । चाहे त्यो लिच्छवीकालमा होस वा राजतन्त्र, राणातन्त्रदेखि गणतन्त्रसम्म । शासकहरुले आफ्नो बेलामा परिवर्तनका लागि त्यत्तिकै नारा भजाए । २४० वर्षको राजतन्त्रमा आफ्नै नारा थियो । राणशासनको आफ्नै नारा थियो । अनि अहिले गणतन्त्रको आफ्नै नारा छ ।
तर नेपालमा २ सय ४० वर्षको लामो राजतन्त्र फाल्न सजिलो थिएन । यो व्यवस्थाले गरिब जनतालाई सताउन थालेको भान हुन्थ्यो । जनता मरेर बाँचेका थिए । अन्तः अब यो व्यवस्था परिर्वतन गर्नुपर्छ भन्ने नारा चर्कियो । यसका लागि एउटा आन्दोलन नेपाली क्रान्तिको लागि आवश्यक छ भन्दै नाराहरु उचालिए । राजाकै छोरा मात्रै फेरि राजा हुने परम्परा भत्काउन नेपालमा जनयुद्धको थालनी भएको बुझाई माओवादीको छ ।
२०५२ सालदेखि सुरु भएको माओवादी आन्दोलन १० वर्ष चल्यो । दशौँ हजार नेपालीको रगत बग्यो । कैयौँ आमाका कोख रित्तिए । कैयौ चेलीका सिन्दुर मुछिए । १७ हजार नेपाली जनताका छोराछोरीको रगतको खोलो बग्यो । सोही रगतको खोलाले राजतन्त्रलाई पनि बगाउन सफल भयो ।
अन्तः २०६५ जेठ १५ गतेका दिन २४० वर्षे राजतन्त्रको अन्त्य भएर नेपालमा गणतन्त्रको स्थापना भयो । अब देशमा विधिको शासन चल्छ । यही सपना पालेका लाखौँ नेपाली थिए । अहिले पनि छन् ।
तर त्यो सपना फेरी पनि पुरा नभएको जनयुद्धमा होम्मिएका घाइतेहरु बताउँछन् । राजतन्त्रमा राजतत्रका पुराना शासक थिए । तर नेपालमा फेरी नयाँ शासकको रजाँइ चलिरहेको गुनासो बढिरहेको छ । नयाँ शासककै हालीमुहाली छ । १० हजार नेपाली जनताले बगाएको रगतको खोलाको कुनै मुल्याङकन नभएको गुनासो पनि जनयुद्धका घाइते तथा पीडितको छ ।
जनयुद्धका एक योद्धाको बयान
हिजो नेपालमा राजतन्त्रको अन्त्य गर्न र जनताको बहुदलिय जनवादको स्थापना गर्नका निम्ति व्यवस्था परिर्वतन गर्ने नाराले सिङ्गो परिवार नै क्रान्तिमा होम्मिए । व्यवस्था परिर्वतनका निम्ति तातो गोलि खाँदै रातो रगत बगाउन तयार भए ।
व्यवस्था बद्ले र नेपाली जताले सुख पाउछ भने नेपाली जनताले उन्मुक्ति पाउछ र नेपाली जनताका इच्छा आकांक्षा पुरा गर्नको लागि कयौं नेपाली आमाका वीर सपुतहरुले भोक प्यास परिवार नभनेर क्रान्तिमा होम्मिए । कैयौँ नेपाली आमाका वीर सपुतले वीरगति प्राप्त गरे । कैयौ चेलीका सिउँदोको सिन्दुर मेटियो ।
व्यवस्था परिर्वतन गर्छु भनेर हिडेका छोरा लड्दा लड्दै लडेकै ठाउँमा सुते । व्यवस्था त परिर्वतन भयो । शासकको शासन परिर्वतन भएन । त्यस्तै व्यवस्थाका परिर्वतनका निम्ति घरबार त्यागेर तातो गोलि खान तयार भएका दम्पती हुन्, कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका ४ उजेल गाउँका व्यासी तिरुवा अर्थात कमरेड विकास । २०५७ मंसिर १८ गते १३ वर्षको उम्मेरमै व्यवस्था परिर्वतन गर्नका लागि भन्दै उनले माओवादीको झोला बोकेका थिए ।
तीन कक्षा पास भएर चार कक्षा पढ्दै गर्दा व्यवस्था परिर्वतन गर्ने नारा चर्को रुपमा घन्किदा उनी आफुसँग भएका सबै त्यागेर माओवादी आन्दोलनमा होमिएका हुन् । ‘सबैजना लाग्नुपर्छ भन्ने भएर हामी पनि परिवारसहित क्रान्तिमा लागेका हौँ,’ उनले भने, ‘त्यसरी क्रान्तिमा लाग्दा त्यतिबेलाको गरीबी, अभाव, विभेद र वर्गीय समस्याको मुक्ति हुन्छ भन्ने आश थियो ।’
पहिलो भिडन्त नै अछाममा
माओवादीमा लाग्नु विकासको रहर मात्रै थिएन, परिवर्तनको एउटा भोक र चुलिएको विभेद थियो । जसले उनलाई माओवादीमा लागेर परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास दिलायो । तर सजिलो थिएन । २०५९ सालमा विकास माओवादीमा लागेपछि भिडन्तमा परिहाले । टास्क फोर्स अर्थात एसटिएफ सञ्चालन गरिएको थियो । जसमा विकास भेरी कर्णाली अन्तर्गत अछाममा कार्यरत थिए ।
उनको बुझाईमा सबैभन्दा ठुलो ठुलो भिडन्त अछाममा भएको थियो । जतिबेला माआवादीको फोर्स सानो थियो । राज्य पक्ष र माआवादी पक्षको ठुलो भिडन्तपश्चात् फोर्स तितरवितर भयो । उनकै शब्दमा विकास त्यहाँबाट ज्यान जोगाएर भाग्न सफल भए । त्यसपछि अछामको मंगलसेनमा माओवादीले आक्रमण गरे । त्यो आक्रमण माओवादीका लागि सफल भयो । तर धेरै साथीहरु अङ्गभङ्ग क्षतविक्षत भए ।
उनी त्यो भीडन्तमा परेर भाग्न सफल भए । सुरु सुरुमा राजनिति के हो ? हामी किन लडेका हौँ ? भन्ने उनलाई थाहा थिएन । पछि लड्दै जादा मात्र थाहा भएको थियो ।
‘माओवादीले दिमागमा परिवर्वतनका नारा घुसाइसकेको थियो । त्यो नाराले पनि मनमा मर्ने डर कत्ति थिएन । उमेर सानै थियो,’ उनले भने, ‘१३ वर्षको सानो उमेरमा क्रान्तिमा होम्मिदाखेरी माओवादीको नाराले मर्ने डर मनमा आउदैन थियो ।’ मनमा डरलाई जितेर परिवर्तनको यात्रामा हिँडेका उनी सफल त भए । तर त्यति सफलता उनले समाजमा देख्न भने सकेनन् ।
व्यवस्था परिर्वतन भयो, सोच परिर्वतन भएन
नेपालमा जनयुद्धको आवश्यक्ता थियो त्यो पुरा पनि भयो । राजतन्त्रको अन्त्य भएर गणतन्तको स्थापना भयो । गरिब, निमुखा र सर्वहारा वर्गले चाहेको व्यवस्था आउन सकेन । व्यवस्था परिर्वतन भए पनि जनताले चाहेको व्यवस्था ल्याउनलाई सोच परिर्वतन गर्न जरुरी रहेको उनको भनाई छ ।
तत्कालिन विद्रोही नेकपा माओवादी २०६२÷६३ मा शान्ति प्रक्रियामा आयो । त्यहाँसम्म पनि पार्टि सही सत्य धारमा चलेको उनको बुझाई छ । सत्तामा गइसकेपछि भष्ट्रचार, विखण्डन, अत्याचार र सत्ता प्राप्तिका लागि मात्र जनयुद्ध भएको उनले हिजोआज अथ्र्याएका छन् । यी उनले पाएका आश्वासन थिएनन् । तर जति आश्वासन थिए, ती माओवादी सत्तामा पुगेपछि पूरा भएनन् ।
प्रचण्डलाई महाराजा मान्नुपर्छ
उनले कुराकानीको बिटमा जनयुद्धको उद्घोषदेखि समापनसम्म प्रचण्डलाई महाराजा मान्नुपर्ने तर्क अघि सारे । म प्रचण्डलाई राजाभन्दा महाराजा भनेर बुझ्छु, उनले भनेका छन् ।
राजाले गर्न नसकेको परिवर्तन प्रचण्डले गरेको भन्दै भन्दै उनी प्रचण्डलाई महाराजा ठान्छन् । तर व्यवस्था परिवतन भए पनि नेपालका नेताको सोच परिर्वतन नभएको उनको तर्क छ ।
‘जनयुद्ध नेपालको आवश्यकता थियो त्यो पुरा भयो,’ उनले भने, ‘व्यवस्था बदलियो सोच परिर्वतन हुन सकेन । ३४ वर्षसम्म प्रचण्डले मात्र राज गर्दै आएका छन् । व्यवस्था परिर्वतन हुन सोच परिर्वतन हुनुपर्छ । नपालमा विदेशी शिक्षा होइन नेपाली वातावरणकै शिक्षा लागु गर्नुपर्छ ।’
असत्यले सिमा नाघ्यो
राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापनापश्चात् नेपालमा ९० प्रतिशत असत्यले सिमा नाघेको छ । नराम्रो पक्षमा ९० प्रतिशत छन् भने सत्यको पक्षमा बोल्ने १० प्रतिशत मात्र रहेको तिरुवाको भनाई छ ।
‘नेपालमा असत्यले पराकाष्ठा नाघ्यो,’ उनले भने, ‘असत्यको अन्त्य गर्न र सत्यको पुर्नस्थापना गर्न नेपालमा फेरी एउटा क्रान्ति हुन आवश्यक छ । हामी फेरी लड्न तयार छौँ ।’
विकासको बुझाईमा विकशित मुलुकहरुमा त्यहाँका राजनितिक दलहरु विकासका पछि डौडिरहेका छन् । परिर्वतन गर्ने कुरा महत्वपुर्ण मानेका छन् ।
तर नेपालका राजनितिक दलहरु पुँजीसँगै विनास र असत्यलाई माात्र पछ्याइरहेका छन् । पुँजीको लोभमा फस्दै गएका छन् । सत्य कुरा संर्घष नै हो । नेपालमा सत्य कुरालाई आत्मसाथ गर्दै ल्याएर आए हामी फेरी युद्ध गर्न तयार छौँ ।
तीन दिन पानी पिएर लडाईको मोर्चामा
नेपालको सबैभन्दा भीषण मानिने म्याग्दीको बेनी लडाईमा उनले जीवनकै अनौठो भोगाई हामीसँग बाँडे । म्याग्दीको वेनी आक्रमण सम्झिदा त्यो बेला ओभाना रहेका उनका आँखाबाट आँशु झरे ।
‘म्याग्दीको बेनी आक्रमण सम्झिदा रुन मन लाग्छ । पाँच हजारको संख्यामा आक्रमण गर्न जादा तीन दिन खाना नखाएर पानीको सहारामा भोकै युद्ध लडिएको थियो’ उनी भन्छन् ।
११ बजे आक्रमण गर्ने भन्ने योजना थियो । आक्रमण गर्दैछन् भन्ने कुरा लिक भएपछि एक्कासी राज्यपक्षबाट हामीमाथि आक्रमण भयो । आँखै अगाडी पाँच सात जना साथीहरु ढले । सँगै गएका साथीहरुको लास ल्याउन सक्ने पनि वातावरण थिएन ।
लड्दै गर्दा ओठ सुकेर प्याक प्याक भइरहेका थियौँ । नजिकै जुठो भाडामा अलिकति पानीको थोपा थियो । त्यहि पानी पिएर प्यास मेटाइयो । यता उती साथीहरु लास लडेको अवस्थामा थियो । रगतका खोला बगेको अवस्थामा थिए ।
‘कोही साथीहरु बिचमै ढलेर अइया अइया गर्दै गरेको अवाज पनि सुनिन्थ्यो । केही साथीहरुलाई लिइएर गइयो । उनीहहरु पनि बीच बाटोमै मृत्यु भयो । चारैतिर नाका बन्द गरिएको थियो । सेनाको गोलिबाट बच्दै जंगलमा बास भयो । चार दिन जंगलको भोको बास पछि मात्र एकदिन पछि रुकुम पुगेर खाना खान पाइयो’, उनले त्यो बेलाको घटना सम्झिँदै भने ।
मृत्युको मुखमा पुगेर फर्केको त्यो दिन
उनी जनयुद्ध लड्दा कैयौँ दिन मृत्युको नजिक पुगेर फर्किएका छन् । कैयौँ दिन मृत्युलाई जितेर फर्किएका छन् । अनि कैयाँै दिन अब बाचिन्न भन्ने लागेर पनि उनी जिउँदै बाँचेर फर्किएका छन् ।
२०६० सालमा मार्तडीबाट फर्किदै गर्दा प्रहरीका लागि कुकुर माइन थापेर बसेको उनको भनाई छ । पोजिसन लिक भइसकेको थियो । राज्य पक्षको घेरामा परिसकेका थियौँ । चारजना साथीहरु थियौँ । राज्य पक्ष आएपछि हामी भाग्योँ । भाग्दै गर्दा एकजना बहीनी पछि नै छुट्न पुगिन् । उनलाई राज्य पक्षले गोली हानेर उनको शरीर क्षतविक्षत बनाएर नदिमा फालेको मेरा आँखाले देखे ।
म उकालोमा थिए । राज्य पक्ष ओरालोमा थियो । उनीहरु माथि आउन सक्ने परिस्थती थिएन । म तल झर्ने वातावरण थिएन । एक्कासि म तल झर्न पुगे । राज्य पक्षले गोली चलाउन सुरु ग¥यो । गोलीको निसानाबाट बच्दै भाग्दै थिए । उनीहरुले चलाएको गोली दायाँ पाखुरा हुँदै छातीको छाला छेड्दै बाँया पाखुरा क्रस भएर गयो ।
त्यसपछि अन्कन्टार जंगलमा गए । त्यो पनि वर्षातको समय थियो । त्यहाँ एक्लो म मात्र थिए । अरु साथीहरु मारिसकेका थिए । त्यो सम्झिदा अहिले पनि म कसरी बाच्न सफल भए ? भनेर अचम्म लाग्छ ।
सायद भाग्यमा मृत्यु होइन, जीवन लेखेर होला । आज पनि आफूलाई उनी जिवित भएकोमा गर्व लाग्छ । आफ्नै जीवनकालमा राजतन्त्र नभई गणतन्त्रमा बाँचिरहेको उनलाई भान हुन्छ ।
जनयुद्धको योद्धा भएपनि राज्यको बोझ बनेको छैन
तीन कक्षा पढेर जनयुद्धमा होम्मिएका तिरुवाले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । उच्च शिक्षाको जग उनले टेकेका छन् ।
तर त्यो भन्दा माथि पढ्न सक्ने क्षमता उनीसँग भएन । उनको भनाईमा अहिलेसम्म राज्यबाट कुनै सहयोग उनले लिएका छैनन । सहयोग दिए पनि नलिने अडानमा रहेको उनी बताउँछन् ।
‘म विगतको हिसाबमा पनि घरको आर्थिक अवस्था अवस्था न्युन नै थियो । पछि केही गर्न सकिन्थ्यो कि । सबै जनयुद्धले खायो । अहिलेसम्म साँझ बिहान दुइ छक टार्न बाहेक अरु केही गर्न सकिएन’, उनले भने ।
जनयुद्धमा माओवादी लडाईका क्रममा उनी सेक्सन कमान्डर, भिसी, प्लाटुन कमाण्डर हुँदै कम्पनी कमाण्डरसम्म भएका थिए । तर माओवादी शान्तिवार्तामा फर्केपछि उनी स्वच्छिक अवकाश लिएर फर्केका थिए ।