सल्यान : नेपाल निजामती कर्मचारी संगठन सिम्ता गाउँपालिका सुर्खेत इकाइ कार्य समिति गठन गरिएको छ । उक्त कार्य समितिको अध्यक्षमा डिल बहादुर पुन, उपाध्यक्ष ओम कुमारी खत्री, सचिवमा चन्द्र बहादुर शाही, कोषाध्यक्ष बिनोद हमाल, सदस्यमा सुर्य सिंह, हरि बहादुर बुढा, प्रेम महतारा,अनिता शर्मा, कृष्ण किशोर पुन,रमेश योगि,ओकिल बहादुर बिक चयन भएको छ ।
यस्तै राष्ट्रिय स्वास्थ्यकर्मी संघ सिम्ता गाउँपालिकाको पनि गठन गरिएको छ । अध्यक्षमा डिल्ली सापकोटा, उपाध्यक्ष निमा सिंह, सचीव प्रशान्त सोनि, कोषाक्ष्यमा मानबहादुर बुढा, सदस्यमा नहकुल बिष्ट ,महेन्द्र चन्द, ओम कमाुरी खत्री, रोजिना जोशी, थुमान अधिकारी चयन भएका छन् ।
केन्द्र, प्रदेश र जिल्लाबाट उपस्थित कर्मचारी संगठनका नेता ,गाउँपालिका जनप्रतिनिधि पार्टीका नेताहरूको उपस्थिति गठन गरिएको थियो ।
शनिबार भएको गाउँपालिकाको प्रशासकिय भवनमा सिम्ता गाउँपालिका स्तरीय कर्मचारी संगठन र स्वास्थ्यकर्मी संगठन गठन गरिएको कर्मचारी संगठनका जिल्ला तहका नेता प्रकाश चन्दले जानकारी दिएका छन् ।