काठमाडौं : कर्णाली प्रदेशको जनजीवन, रितिरिवाज र संस्कृतिलाई प्रमुखताका साथ प्रस्तुत गरिएको फिल्म ‘बुलाकी’ को छायाङ्कन सकिएको छ ।
तिहारलगत्तै डोल्पाबाट सुरु गरिएको छायांकनमा मुगु र जाजरकोटका विभिन्न स्थानमा समेत समेटिएको निर्माण पक्षले जानकारी दिएको छ। करिब एक महिना निरन्तर छायांकन गरी सुटिङ युनिट हालै राजधानी फर्किएको हो।
फिल्मको मुख्य भूमिकामा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँले, अमीत परियारलगायतको अभिनय रहेको छ ।
छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ को छायांकार शिव ढकाल हुन् । फिल्ममा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ ।
निर्देशक लक्ष्मण सुनारले फिल्मको छायांकन निकै उत्कृष्ट तवरले गरिएको बताउदै बाँकी दुई गीत केही समयपछि खिचिने जानकारी दिएका छन् ।