सल्यान : सल्यान पश्चिमको बनगाड कुपिण्डे नगरपालिकामा नेपाल विद्यालय कर्मचारी परिषद्को चौथो नगर अधिवेशन सम्पन्न भएको छ । विरवहादुर पुनको अध्यक्षतामा १३ सदस्यीय नगर कार्य समिति गठन गरिएको छ ।
६५ विद्यालयका विद्यालयमा लेखाको काम गर्ने कर्मचारी र कार्यालय सहयोगीहरुको उपस्थिति रहेको थियोे । पुस २ गते हुने जिल्ला अधिवेशनको लागि पदाधिकारी पनि चयन गरिएको छ ।
उपाध्यक्ष विना रानाको सभा अध्यक्षतामा भएको नगर अधिवेशनमा प्रमुख अतिथि चक्रबहादुर रावत,नेपाल प्रगतिशील शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष शिखर कुमार यरी, अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष गणेशबहादुर चन्द, शिक्षक संघका नगर अध्यक्ष सुरेन्द्र खड्का र शिक्षक नेता पुष्कर विसिले शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावतले विद्यालय कर्मचारीको तलब राज्यको निति अनुरुप वृद्धि भएको छ । बढेको तलब केही प्राविधिक कारण निकासा हुन ढिलाइ भएकोले छिट्टै उक्त वृद्धि तलब निकासा हुने रावतको भनाइ रहेको छ ।
अधिवेशनले उपाध्यक्षमा खुमा कुवर र शेरवहादुर घर्ती सचिवमा मोहन विसि,स-सचिवमा अर्जुन पुन,कोषाध्यक्षमा विना राना र स-कोषाध्यक्ष धने खत्री, सदस्यमा तारा राना,रामप्रकाश यादवसहित १३ जना चयन भएका छन् । प्रभाकर मावि देवस्थलमा भएको चौथो अधिवेशनको सञ्चालन सचिव प्रसान्त साहुले गरेका थिए ।