काठमाडौं : कांग्रेस महाधिवेशनमा उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार झिनो मतान्तरले पराजित भएका छन् । झिनो मतान्तरले पराजित भएपछि गच्छदार मध्यरातमै मतगणना स्थल सानेपा पुगेका छन् ।
झिनो मतान्तरले पराजित भएको खबर सुनेपछि आक्रोशित भएका गच्छदारले मत परिणाममा असन्तुष्टि जनाउँदै फेरि मतगणना गर्न माग गरेका हुन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार, उपसभापतिमा पूर्णबहादुर खड्काले २ हजार १२१ मत प्राप्त गरेर विजयी भएका हुन् ।
अर्को उपसभापतिमा धनराज गुरुङ विजयी भएका छन् । गुरुङले १९ सय ८ मत प्राप्त गरेर विजयी भएका हुन् । पराजित भएका विजयकुमार गच्छदारले १९ सय ६ मत प्राप्त गरेका छन् । गच्छदार दुई मतान्तरले पराजित भएका हुन् ।
अर्का उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले १५ सय ८० मत प्राप्त गरेका छन् ।
उपसभापतिका अर्का उम्मेदवार महेश आचार्यले ५ सय ८९ मत प्राप्त गरेका छन् भने उपसभापतिकै उम्मेदवार सुजाता कोइरालाले ७ सय ४४, दिव्यश्वरी शाहले १ सय ३२ मत प्राप्त गरेर पराजित भएका छन् ।
२ मतान्तरले पराजित भएपछि गच्छदारले अन्तिम मतपरिणाम सार्वजनिक नगरी फेरि मतगणना गर्न निर्वाचन समितिलाई दबाब दिइरहेका छन् ।
गच्छदारले आफुलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले नै फेरी मतगणना गर्न भन्दै पठाएकाले निर्वाचन समितिमाथि दबाब बढाइरहेका छन् ।