सुर्खेत, १६ जेठ । रतुवा (मृग) मारेको आरोपमा सल्यानबाट १० जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७, संग्रही खोलाबाट रतुवा मारेको आरोपमा दश जनालाई पक्राउ हो ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले
रतुवा मारेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका ७, का प्रेम रोका, गिमबहादुर थापा, रुद्रबहादुर वली, हेमराज वली, लुटबहादुर बस्नेत, जितबहादु बस्नेत, डम्बर वली, नरबहादुर वली, बेलाराम विक र खड्क खड्का रहेको बताईएको छ ।
नियन्त्रणमा लिएकाहरुलाई स्वास्थय परीक्षण गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको डिभिजन वन प्रमुख गिरीले बताए ।
कार्यालयका साहयक डिभिजन प्रमुख गंगा त्रिपाठीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालिएको छ । उनिहरुलाई बन्यजन्तु ऐन अनुसार मुद्दा चलाइने डिभिजन वन प्रमुख गिरीको भनाइ छ ।