सिमकोट: नेपाल स्वास्थ्यकर्मी संघ हुम्ला शाखाको अध्यक्षमा बलिराज शाही सर्वसम्मत चयन भएको छन् । लोकतान्त्रिक स्वास्थ्यकर्मी संघमा आवद्ध सदस्यहरुको भेलाले उनीलाई अध्यक्षमा चयन गरेको हो ।
जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको भेलाले खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक समेत रहेका शाहीले आफ्नो नेतृत्वमा जिल्ला कार्य समिति गठन भएको बताए ।
यस अघि संघ गठन भएको भएपनि निस्कृय रहेको भन्दै स्वास्थ्यकर्मीहरुले संघका उपाध्यक्षमा छ जना चयन भएको छन् । जस अनुसार उपाध्यक्षमा रबिन्द्र देबकोट खुल्ला, सुहाना हमाल खुल्ला, नन्द बहादुर शाही सरकारी, छक्क रोकाया नीनि, लक्ष्मी शाही र लण्डुप दोर्जे लामा समावेशीमा चयन भएको छन्।
त्यसैगरि संघको भेलाले सचिबमा बिनोद सचिव र सहसचिव पाँच जनामा बिरसिंह रावल, जयकली जेठारा, निराजन शाही, नरकली टमटा र कोषाध्यक्षमा रविजंग शाही लाई चयन गरेको हो । यता दश जना सदस्यहरु पनि सर्वसम्मत चयन गरिएको छ ।
अध्यक्षमा चयन भएपछि शाहीले पेशागत हकहित र मुस्कान सहितको सेवा प्रदानका लागि आफु लागि पर्ने बताए । उनले स्वास्थ्यकर्मीको पहिलो काम स्वास्थ्य जस्तो सम्बेदनशिल कुरामा स्वास्थ्यकर्मीको ध्यान लगाउने कार्यमा लाग्ने जानकारी दिए ।
केही समय अगाडी स्वास्थ्य सेवा कार्यालय हुम्लाले उनले नेतृत्वमा गरेको खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा जिल्लाका सात वटा गाउँपालिकामा स्वास्थ्य शाखा मध्य सेवा प्रदानमा उत्कृष्ट ठहरिएको थियो ।