काठमाडौं : कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसको केन्द्रीय सहमहामन्त्री पद गुमाएका छन् । कर्णालीका कांग्रेस टावर लिडर पूर्णबहादुर खड्काको लिगेसी समात्ने योजनाका साथ उनकै सल्लाहले पिछडिएको क्षेत्र अन्तर्गत सहमहामन्त्री पदमा चुनाव लडेका शाही बाजुराका बद्री पाण्डेसँग पराजित हुन पुगे ।
लगभग दुई सय मतान्तरले पराजय व्यहोरेका शाहीमाथि सहमहामन्त्रीको हारले दबाब, प्रभाव र तनाब बढ्दो छ । पाण्डे केन्द्रीय राजनीतिमै एक समय युवा नेताका रुपमा परिचित भएकाकारण देउवा क्षेत्रका भएकाले पनि जित हासिल गर्न सफल भए ।
तर, पछिल्लो समय मुख्यमन्त्री भएपछि कर्णालीकै कांग्रेस नेता पूर्णबहादुर खड्कामार्फत देउवा गुटको कनेक्सन जोडिएको रहस्य खुले पनि हुम्लाका जीवन शाहीले भने अपेक्षित जित निकाल्न सकेनन ।
सुरुमा पिछडिएको क्षेत्रबाट शाहीको मात्रै उम्मेदवारी पर्ने अनुमान गरिएपनि बद्री पाण्डेले देउवा गुटलाई सूदुरपश्चिमबाट पावर सेन्टर बनाउन चाहेपछि कर्णालीको सहमहामन्त्री पद गुमेको हो ।
यद्यपी आधुनिक र परिवर्तित कांग्रेस कार्यकर्ताले गुटभन्दा नेताको क्षमता हेरेर भोट हालेपछि अन्तिम समयमा देउवा गुटका नेता जीवन शाहीको जित पराजयमा टुङ्गिएको हो ।
यसले प्रत्यक्ष रुपमा कांग्रेस केन्द्रीय पदाधिकारी टिममा महत्वपुर्ण पद हत्याउने मुख्यमन्त्री शाहीको योजना असफल भएको छ । जसकारण उनीमाथि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने दबाब बढ्दो छ ।
मिनेन्द्रको राजीनामा अर्थ
शुक्रबार भएको मतगणनामा कर्णालीमा मुख्यमन्त्री शाहीले सहमहामन्त्री पद गुमाएपछि मिनेन्द्र रिजालकै शैलीमा राजीनामाको माग चर्किएको छ । तर मिनेन्द्रको राजीनामा रामकहानी अर्कै छ ।
महामन्त्री पदमा अहिलेका कांग्रेका ढुकढुकी गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए । उनी पराजित हुनुभन्दा पहिले नैतिकताको आधारमा राजीनामा दिएको बताए । जबकी प्रधानमन्त्री शेरबहादुर देउवाले मिनेन्द्रको ठाउँमा नयाँ मन्त्री नियुक्त गर्ने पक्का भएपछि उनले राजीनामा दिन बाध्य भएका हुन् । तर मिनेन्द्रले राजीनामा दिदा नैतिकताको आधारमा राजीनामा दिएको प्रचार गरेका थिए ।
उनले स्वेच्छाले राजीनामा दिए पनि कर्णालीका मुख्यमन्त्री जीवन शाहीमाथि राजीनामाको भ्रामक प्रचार गरेर नैतिकताको खोजी गर्दै नेता कार्यकर्ताबीच आरोपप्रत्यारोप चलिरहेको छ ।
तर डा. मिनेन्द्र रिजालले आफ्नो क्षमतालाई प्रयोग गरेर नैतिकतामा ढाल्दै मन्त्री पदबाट बर्खास्त हुनबाट जोगिदा नैतिकता बचाउने र नेपाली भाषा सिकेर राजनीतिक उचाइ लिन सफल देखिए ।
यसमा कर्णालीका मुख्यमन्त्री शाहीको राजीनामा प्रकरण चर्काउन एमाले कार्यकर्ताको दायित्व बनेको छ । जबकी मिनेन्द्र रिजाल कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी कार्यालयस्थित सानेपामा आफ्नो प्रभाव जमाउन असफल रहे । तर त्यहीँ मैदानमा मेस्सी जस्ता खेलाडीलाई पछार्ने होडबाजी चल्दा कर्णालीका मुख्यमन्त्री जीवन शाही पराजित भए ।
राजीनामाको भ्रामक प्रचार गरेपनि मुख्यमन्त्री शाही कर्णाली प्रदेश सभामा बहुमतका साथ मुख्यमन्त्री भएका व्यक्ति हुन् । तर अब नेपाली कांग्रेस भित्रको गुटभन्दा विवेक हाबी हुँदा कार्यकर्ताले फरक उम्मेदवार चुन्न थालेका छन् ।
तर विद्रोहका बेला क्रान्तिकारी गफ दिँदा हार व्यहोर्नुे परेको हो । चुनावी नतिजा जे भए पनि कर्णाली अहिले यस्ता गलत कुरालाई प्रसय गरिरहेको छ ।
पार्टीमा हार व्यहोर्दा त्यसको धक्का पछिसम्म रहिरहने भएपनि तत्काललाई भने कर्णाली सरकारका मुख्यमन्त्री जीवन शाहीलाई कुनै असर पार्ने छैन ।
किनकी उनले नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको चुनाव नभइ कांग्रेस महाधिवेशनमा पदाधिकारी पदमा मात्रै पराजित भएका हुन् ।