काठमाडौं : केही महिना अघि तत्कालित कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको काण्ड बाहिरियो । उक्त काण्ड बाहिरिए लगत्तै कर्णाली तातियो ।
प्रमुख दल तातियो । विद्यार्थी संगठन तातियो । युवा संगठन तातियो । चोक-चोकमा विरोध प्रदर्शन मात्रै भएनन प्रमुख प्रतिपक्षी दल एमालेले महिनौं दिनसम्म संसद समेत अवरुद्ध गर्यो ।
यति मात्रै होइन मन्त्रीको बर्खास्त समेत माग्यो । जिन्दावाददेखि मुर्दावादसम्मका नारा चले । तर बुधबार कर्णालीमा एउटा जातीय विभेदको घटना घट्यो । त्यसमा कर्णालीका मुख्य दल र नेता गुपचुप छन् । कर्णालीमा यस्ता घटना घटिरहन्छन् । बुधबार पनि घट्यो ।
दुई महिना अघि अन्तरजातीय विवाह गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका चन्द्रे कामीलाई केटी पक्षबाट २० जनाभन्दा बढीको टोली आएर निर्घात कुटपिट गर्यो । घरमै आएर कुटपिट गरेसँगै युवक र युवतीलाई लिएर गए । त्यो युवाको फोर्सले कामीलाई कुन ठाउँ लिएर के गर्यो ? भन्नेस्थिती छैन ।
यस विषयमा कुनै दलले चाँसो देखाएका छैनन नत नेताले । याँ जसले जनतालाई अन्याय गर्छ त्यसका लागि कालोमोसो तयार छ भनेर आतंक फैलाउने विप्लव समूह होस् याँ चोक-चोकमा विवेकका गफ चुट्दै हिड्ने विवेकशील साझा । अरु त नागरिकले उहिलेदेखि चिन्दै, भोग्दै, देख्दै आएका छन् ।
कुनै पनि राजनीति दलले घटनाबारे वास्ता गरेको छैन । बरु भित्रि रुपमा दोषीलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा दल र दलका नेताहरु जाल बुन्दैछन् ।
घटना मिडियामा आइसकेपछि घटनाबारे अध्ययन गर्ने, अनुसन्धान गर्ने, दलका नेतासँग छलफल गरेर निरुपण गर्नुपर्ने पार्टीको दायित्व हो । अधिकार हो । कर्तव्य हो ।
तर त्यो कर्तव्य भुलेर यस घटनामा मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीदेखि ओलीको खोइरो खन्ने एकीकृत समाजवादीसम्मका दल गुपचुप छन् ।
हुम्ला सर्केगार्ड गाउँपालिका–१ को जैरका चन्द्रे कामी मुगुको सोरु गाउँपालिका–१ लिप्रु गाउँकी सुन्तली मल्लबीच दुई महिना अघि विहे भयो । उनीहरुलाई माइती पक्षको धम्की दिँदा हुम्ला सर्केगार्डको रीप गाउँमा बस्दै आएका थिए ।
माइती पक्षले खोजिरहेका थिए । तर, भेटाएका थिएनन । पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात ? आउ भेटौं भन्ने बहाना बनाइ युवालाई निर्घात कुटपिट गरेर बेपत्ता बनाएका छन् ।
र, यो पनि पढौं...