काठमाडौं । तामझामका साथ नेपाल भ्रमण बर्ष २०२० को शुरुवात गरेको सरकार पर्यटन क्षेत्रमा भने तीन महिनामै संकटमा फसेको छ । गएको जनवरीमा घोषणा भएको भिजिट नेपाल २०२० को विदेश प्रचार त बन्द भयो नै । नेपाल आउन खोजेका पर्यटक पनि मारमा पर्ने अब निश्चित बनेको ।
सुखद पक्ष मान्नुपर्छ, नेपालमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । तर नेपाल आउने पर्यटकको बाटो लगभग बन्द भएको छ । भारतले पर्यटक भिसा बन्द गरेपछि भारतको बाटो हुँदै नेपाल आउने पर्यटक मारमा मात्रै परेका छैनन्, सरकारको भिजिट नेपाल २०२० को महत्वाकांक्षामा समेत गम्भिर धक्का लागेको छ ।
भारतबाट आउने पर्यटक नआउँदा लूम्बिनी, सौराहा, जनकपुर लगायतका क्षेत्रमा पर्यटकको संख्या घट्दो छ । जुन पर्यटक गणनामै पर्दैनन् । भारतले एक महिनासम्म पर्यटक भिसा बन्द गरेपछि थप संकट आएको छ ।
भारत र चीनतर्फका दुबै नाका र पर्यटकीय गन्तव्य बन्द भएपछि अब नेपाल सरकारको पर्यटक बोलाएर देश समृद्ध बनाउने योजनामा पनि तुवालो लागेको छ । पछिल्लो तथ्यांकअनुसार नेपाल आएका एक लाख बढी पर्यटकमध्ये झण्डै २५ हजार स्थलमार्गबाट आएका हुन । कोरोनाको संकटले यो संख्था लगभग शुन्यमा झर्ने निश्चित जस्तै छ ।
भारत र चीनले अरु देशसँगको हवाई यात्रामा समेत रोक लगाउने तयारी गरेका छन । यसले नेपालको पर्यटन क्षेत्रमा त झन असर पर्ने निश्चित छ । जुन सरकारका लागि अहिलेको कमजोर तयारीले जोखिम पनि बढाएको छ ।
ठमेल सुनसान, जोखिममा काठमाडौ
कोरोनाका कारण चिनिया पर्यटक नआएपछि ठमेल क्षेत्र सुनसान छ । अहिले जति पनि पर्यटक छन, ती खुलेर घुम्न सकेका छैनन । उनीहरुले होटल तथा घरभित्रैको बसाईलाई लम्बाएका छन । ठमेल सुनसान बन्दा सिंगो काठमाडौँ नै जोखिममा छ ।
यो अवस्थाले कोरोनाले काठमाडौँको ठमेल मात्रै होइन, दरबारमार्ग क्षेत्र, भक्तपुर, ललितपुर र बसन्तपुरमा समेत असर छ । मास्क लगाएका पर्यटकमा संक्रमण बढ्ने हो की भन्ने पीर पनि छ । तर सरकारले अहिलेसम्म क्वारेन्टाइनलाई व्यवस्थित नगर्दा भित्रिने पर्यटकले झन जोखिम बढाएको छ ।
जोखिममा देश !
पछिल्लो केही दिनको तथ्यांकलाई हेर्ने हो भने इटाली जस्तो विकसित देशमा सयौको संख्यामा कोरोनाले ज्यान लिइरहेको छ । त्यही अवस्था इराक लगायतका अरु देशमा पनि छ । भारतमा संक्रमितको संख्या बढ्दै जाँदा सार्कका सबै देश कोरोनाले छपक्कै ढाकेको छ ।
नेपालमा अहिलेसम्म एक जनामा मात्रै देखिएको कोरोना अर्को व्यक्तिमा भेटिएको छैन । यद्यपी थप पर्याप्त जाँच हुन सकेको छैन । यदि नेपालमा अर्थात काठमाडौँमा कोरोनो छिर्यो भने त्यसको नियन्त्रण कसरी गर्न सकिएला ? यो चिन्ताको विषय छ ।
गर्मी बढेकाले अब भित्रिने कोरोना पनि नियन्त्रण गर्न सकिने विज्ञहरुको दाबी छ । तर यही बेला इराक र इटालीमा एकै दिन सर्यौको संख्यामा मानिसहरुले ज्यान गुमाउनु परेको छ । यसर्थ यसलाई कम आक्न मिल्दैन । त्यसैले सरकारले क्वारेन्टाइनमा त्यत्तिकै बलियो उपस्थिती देखाउन जरुरी छ ।
अहिले केही समिति आइसोलेसन वार्डलाई थप व्यवस्थित पार्न जरुरी छ । नभए फेरि अर्को संकट निम्तिएमा नागरिकले सरकारलाई धिकार्ने मात्रै छन । विश्व स्वास्थ्य संगठनले घोषणा गरिसकेपछि जोखिममा परेको देशका प्रधानमन्त्री आफै बिरामी भएर उपचारमा छन ।
मृगौला प्रत्यारोपणपछि आराम गरिरहेका प्रधानमन्त्रीलाई अझै केही दिन आरामको खाँचो छ । बस यस्तो बेला अरु राजनीतिक दल र नेताहरुले कोरोनाको जोखिमयुक्त अवस्थालाई काँधमा जिम्मेवारी बोकेर अघि बढ्ने साहस देखाउन् । नभए जोखिममा परेको देशका नागरिक अहिले पीरले नै मारिने चिन्ता बढेको छ ।