काठमाडौं: पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल नायक रणवीर सिंह । सिंहलाई 'सिम्बा'को उपनाले चर्चित छन् ।
आफ्नो अभिनयले दर्शकको मन मुटुमै राज गर्ने नायक मध्य एक हुन् । उनको हालैमा रिलिज हुन् लागेको नयाँ फिल्मले झन दर्शकको मनमा कौतुहलता बनाएको छ । जसकारण यो फिल्मप्रति चासो राख्ने दर्शकमाझ एउटा छुट्टै उत्साह देखिएको छ ।
उनको नयाँ फिल्म ‘८३’ डिसेम्बर २३ बाट प्रदर्शनमा आउने लागेको छ । हिन्दी फिल्मलाई भारतसरकारले बिरलै कर छुट दिन्छ । यस पटक रणवीर सिंहको नयाँ फिल्म ‘८३’लाई भारतको राजधानी दिल्लीमा कर छुट दिइएको छ।
कवीर खानले फिल्म निर्देशन गरेका छन् । खानले इन्स्टाग्राममा फिल्मको पोस्टार राख्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धन्यवाद दिएका छन्। उनले यस्तो लेखेका छन् 'दिल्ली सरकारले आफ्नो फिल्मप्रति देखाएको प्रेमले थप दर्शक पाउन सहयोग हुने लेखेका छन्। '
आफ्नो फिल्मलाई दिल्ली सरकारले प्रदर्शन हुँदा कर छुट दिएको जानकारी उनले आफ्नो इन्स्टाग्राममार्फत दिएका हुन्।
सन् १९८३ को क्रिकेट विश्वकपमा भारतको राष्ट्रिय टोलीले पाएको जितमा आधारित रहेको छ फिल्ममा तत्कालीन भारतीय क्रिकेटका कप्तान कपिल देवको भूमिकामा रणवीर र उनकी श्रीमती रोमीको भूमिकामा दीपिकालाई देख्न पाइनेछ।
यो फिल्ममा रणवीरसँगै दीपिका पादुकोण, ताहिर राज भसीन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशांत दहिया, हार्डी संधू, साहिल खट्टर, अम्मी विर्क, आदिनाथ कोठारे, धैर्य करवा, आर बद्री र पंकज त्रिपाठीको अभिनय छ ।
समाचारअनुसार फिल्मका लागि रणवीरले २० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । किनकी उनी बक्सअफिसका भरोसायोग्य अभिनेता हुन् । ‘२० करोड पारिश्रमिकका अलावा रणवीरले निर्माताबाट फिल्मको नाफाको पनि शेयर मागेका छन् । यद्यपि शेयर कति प्रतिशत हो भन्ने केही खुलाइएको छैन’, स्रोतले भनेको छ ।