जुम्ला । कर्णाली प्रदेशमा थप ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पिसिआर परीक्षणमा जुम्लाका १९ र दैलेखका २४ जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २ जना प्रहरी पनि छन ।
अस्पतालले गएराती सार्वजनिक गरेको विज्ञप्ती अनुसार जुम्लामा १९ जना र दैलेखमा २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा जुम्लाको हिमा गाउँपालिकाका ८ जना, सिञ्जा गाउँपालिकाका ९ जना र नेपाल प्रहरीका २ जना छन ।
जुम्ला हिमा गाउँपालिकाका वडा नं १ का ३६ बर्ष र ६३ बर्षका पुरुष, वडा नं ६ का २३ वर्षीय पुरुष, वडा वडा नं ५ का २६, २३, ४३, ४६ बर्षका पुरुष, वडा नं ७ का ५९ वर्षीय पुरुष गरि ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै सिञ्जा गाउँपालिकाका वडा नम्बर ३ का २४ वर्षीय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ वर्षीय पुरुष, वडा नम्बर ५ का २६, ३६ वर्षीय पुरुष वडा नम्बर ६ का ४५,३१ १२ वर्षीय पुरुष छन ।
यसैगरी कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा खटिएका २ जना प्रहरीलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६६ पुगेको छ । यसअघि हिजो बेलूकीसम्म १ सय २३ जनामा संक्रमण पुष्टि भएको थियो ।
जुम्लामा संक्रमण देखिएसँगै कर्णाली प्रदेशका ५ जिल्ला कोरोनाबाट प्रभावित भएका छन । यसअघि दैलेख, सुर्खेत, कालिकोट र सल्यानमा कोरोना देखिएको थियो ।