वीरेन्द्रनगर : केही समय अगाडी (नेकपा) एमालेको दशौं राष्ट्रिय महाधिवेशन सकिएको छ । राष्ट्रिय महाधिवेशन सकिए पश्चात् अहिले जिल्ला र प्रदेश अधिवेशन तयारिको रौनक चलिरहेको छ ।
यसैबीचमा (नेकपा) एमाले कर्णाली प्रदेश कमिटीको गत पुस ४ गतेको बैठकले जिल्लाको पुस २३ गते र प्रदेशको माघ ८ गते अधिवेशन गर्ने मिती समेत सार्वजनिक गरेको छ । प्रदेश कमिटिको निर्णय अनुसार (नेकपा) एमाले कालिकोटले पनि जिल्ला कमिटीको दशौ जिल्ला अधिवेशनको तयारी थालिरहेको छ ।
उक्त जिल्ला अधिवेशनमा नयाँ नेतृत्वको लागि पुरानो भन्दा नयाँ अनुहारहरुले आकाङ्क्षी देखाएका छन् । तिनै आकाङ्क्षी मध्ये जिल्ला कमिटी सचिव पदमा (नेकपा) एमाले नरहरिनाथ गाउँकमिटी अध्यक्ष युवा नेता टेकबहादुर बुढाले आफ्नो आकाङ्क्षा रहेको बताए ।
उनले कर्णाली खबरसँग सङ्क्षिप्त कुराकानिमा बुढाले भने ‘यस पटको जिल्ला अधिवेशनमा महिले सचिवपदको लागि दाबी रहेको छ ।’ तपाईको दाबी सचिवपदमा नै किन ? भन्ने प्रश्नमा बुढाले कालिकोट जिल्लामा अहिले तीन नगरपालिका र ६ वटा गाउँपालिका गरेर जम्मा नौ वटा स्थानीयतह छन, त्यसमध्ये नरहरिनाथ गाउँपालिका जिल्लाकै क्षेत्रफल र जनसंख्याको हिसाबले ठूलो छ, त्यसैमाथी २०७४ सालको स्थानीयतहको चुनावमा गाउँपालिका अध्यक्ष पनि (नेकपा) एमालेनै जितेको बताए । साथै बुढाको गाउँपालिका निर्वाचन परिचालिन कमिटिको संयोजक रहेर चुनाव जिताउनमा महत्वपुर्ण भूमिका रहेको थियो ।
बुढाले भने ‘जिल्लाभर (नेकपा) एमालेका संगठित सदस्य मध्ये नरहरिनाथमा मात्रै करिब एक हजार संगठित सदस्यहरु छन, र जिल्लाका अरु स्थानीय तह भन्दा (नेकपा) एमालेको आधार ईलाका नरहरिनाथ हो । अहिले सम्म जिल्लामा पदाधिकारी बिहिन र सबैभन्दा कम जिल्ला कमिटी सदस्य भएको पालिका नरहरिनाथ हो । त्यहाका नेता/कार्यकर्ता र स्थानीय नागरिकको अहिलेको जिल्ला अधिवेशनमा नरहरिनाथले कुनै न कुनै पदाधिकारी पाउनुपर्छ भन्ने चाहाना र आफू त्यो पदाधिकारीको लागि अधिवेशन प्रतिनिधिहरुले योग्य ठान्नु भयो भने जिल्ला कमिटि सचिवमा मेरो दाबी रहेको हो ।’
निर्वाचन नभएर सर्वसम्मत नेतृत्व चयनल भए तपाई के गर्नु हुन्छ ?
यदि निर्वाचन नभएर सर्वसम्मत नै जिल्लाको नेतृत्व टुङ्गो लगाउने सहमती वा निर्णय भएपछि आफुलाई नेतृत्वले दिएको जिम्मेवारी मै बस्ने उनको सोच रहेको छ । र नेतृत्वले पार्टी प्रतिको दक्षता र क्षमतालाई मध्यनजर गरेर आफुलाई सचिव पदको नै जिम्मेवारी दिने कुरामा विस्वस्त रहेको बताए । बुढा एमाले कालिकोटका लोकप्रिय नेताका रूपमा परिचित छन् ।