रुकुम, १९ जेठ । रुकुम पश्चिमको चौरजहारी ८ सोती गाउँमा भएको घटनामा मृत्यु भएका नवराज बिकसहितका परिवारलाई श्रृजनसिल नेपाली समाज युकेका तर्फबाट जनही ५० हजार रुपियाँका दरले राहत सहयोग गर्ने भएको छ।
संस्थाका अध्यक्ष भक्त दर्जी र समाजका संस्थापक संरक्षक एवं एनआरएनका पूर्व उपाध्यक्ष समेत रहनुभएका शेर बहादुर सुनारका अगुवाईमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम वितरण गर्न लागेका हुन्।
'आजको २१ औं शताब्दीको युगमा समेत जातीय उत्पीडनमा परि प्रेम गरेकै निहुमा मारिनु सबैभन्दा दुर्भाग्यपूर्ण छ ।' उनले भने,' देश हाम्रो हो, समाज हाम्रै हो यी र यस्ताखाले दुर्घटनाबाट नेपाली समाजले पाठ सिक्नु पर्छ।'
सुनारले अन्यथा सिंगो राष्ट्र र समाजलाई नै दुगर्तीतर्फ उन्मुख गराउन सक्ने उल्लेख गरे । घटनाबाट पीडा भोगिरहेका पीडित परिवारलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले आफूहरुले उक्त सहयोग गर्न लागेको उनले बताए ।
साथै घटनामा संलग्न कोहिपनि दोषी उपर कडाभन्दा कडा सजाय समेत माग गरिएको छ। राजनीतिक हैसियत र नियदबस दोषी उम्किन दिनु हुन्न राज्य सरकार समक्ष हाम्रो यहि माग हो' सुनारले थपे।
त्यसै गरि संस्थाका महासचिब दिल नेपाली मिजार भने, 'घटनाले देशका होनहार युवाहरुले ज्यान गुमाउनु परेको पीडामा सबैले भावनात्मक एकता र सहकार्य मार्फत दोषीलाई सजाया दिलाउन सहयोग गर्नुपर्छ lयो घटना जघन्य अपराध हो यसको जति नै निन्दा गरे पनि कम हुन्छुु । श्रृजनसिल नेपाली समाज युकेले अबको केहि दिन भित्रमा राहत सहयोग परिवार सम्म पुर्याउने छौ।'