काठमाडौं: केही समयदेखि बन्द भएको कमेडी शो 'मुन्द्रेको कमेडी क्लब' फेरि सञ्चालनमा आउने भएको छ ।
दिनेश डिसीको निर्देशनमा तयार कार्यक्रम केही दिनमै सञ्चालनमा ल्याइने कलाकार जितु नेपालले जानकारी दिएका छन्।
जितु सामाजिक सञ्जाल फेसबुकमार्फत पुनः मुन्द्रेको कमेडी क्लब सञ्चालन हुने बारे जानकारी गराएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्म तिर लाग्दै छु।
हिजोका केही कमीकमजोरीहरूलाई हटाउँदै नयाँ जोस, जाँगर र उत्साहसहित आउन लागेका छु। केही नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोगसहित मेरो आदरणीय गुरु दिनेश डिसी दाइको निर्देशनमा तयार गरिने अबका भागहरू अवश्य हजुरहरूलाई मनोरञ्जन दिन सफल हुनेछ भन्ने विश्वास लिएका छु।'
टेलिभिजनको भने टुंगो लागेको छैन। १-२ दिनमा पत्रकार सम्मेलन गरेर हामी सार्वजनिक गर्छौ’, उनले भने, ‘मुन्द्रे केही आत्तिएला तर मात्तिने छैन। मुन्द्रेले धेरै हसाउन नसक्ला तर रूवाउने छैन। मुन्द्रेले धेरै राम्रो गर्न न सक्ला तर नराम्रो गर्ने छैन।
नेपालले सुरुवातदेखि टिममा रहेका कलाकार उमेश राई (फुलन्देकी आमा) खबर नै नगरी अर्को सोमा होस्ट बन्न गएपछि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्न लागिएको बताएका थिए। ५४औं एपिसोड पुगिसकेको सो नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको थियो। त्यसपछि उक्त सो बन्द हुन पुगेको थियो।