पर्वत, २० जेठ । आज पर्वतमा पहिलोपटक ५ जना कोरोना संक्रमित भेटिएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालय पर्वतको फलेबास नगरपालिका घर भई अहिले कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका २० र ४० वर्षका २ जना, पर्वतकै महशिष गाउँपालिका घर भई कुश्माकै क्वारेन्टिनमा रहेका १९, २० र २१ वर्षका का ३ जना गरी पर्वतमा पनि ५ जना संक्रमित भेटिएको हो।
यस्तै, स्याङ्जामा पनि ५ जना संक्रमित थपिएका छन्।
स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टिनमा रहेका २२, २६, ३२ र ४० वर्षका ४ जना पुरूष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टिनमा रहेका २० वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। बिनोदविन्दु शर्माले बताए।
कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा लैजाने तयारी भएको निर्देशनालयका निर्देशक डा। बिनोदविन्दु शर्माले बताए।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।