सुर्खेत । कर्णाली प्रदेशमा थप २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतको प्रदेश अस्पतालमा गरिएको पिसिआर परीक्षणमा थप २९ जनालाई कोरोना संक्रमण भएको रिर्पोट आएको हो । नयाँ संक्रमितमा ११ जना सुर्खेतका, सल्यानका ९ र अछामका ९ जना रहेका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुर्खेतका संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका १ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् । यस्तै सल्यानको दार्मा गाउँपालिका १ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् ।
यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ । उनीहरु चिकित्सकको सम्पर्कमा रहेको पनि खुलेको छ ।
भारतबाट आउनेको संख्या बढ्दै जाँदा कर्णाली कोरोना संक्रमितको संख्या थपिदै गएको हो ।