वीरेन्द्रनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले नेपाल काण्डै काण्डको राज्य भएको बताएका छन् । उनले मंगलबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गदै यो देश काण्डै काण्डैको देश भन्दा पनि फरक नपर्ने बताए ।
उनले भने ‘राज्यले सुरक्षा दिन सकिराखेको छैन् , कहिले कोही जनता कहाँ मर्नु परेको छ पत्तो छैन् ।’ उनले थपे ‘देश र जनतामाथी राजनीति गरेर विभिन्न राजनीतिक दलले जनता माथीनै घात गरिहरेका छन् ।’
पत्रकार भेटघाटलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले नेपाली जनताले नेकपाबाट कुनैपनि नयाँ विकासको अपेक्षा गरेकोले बताए । उक्त अपेक्षा पुरा गर्न एकीकृत जनक्रान्तिको माध्यमबाट आफ्नो पार्टीले मात्र पुरागर्ने दाबी गरे ।
प्रवक्ता प्रकाण्डले भने ‘नेपाली जनताको मुक्तिको लागि वैज्ञानिक समाजवाद भन्दा अर्को विकल्प केहि छैन्, एमसीसी जस्तो राष्ट्रघाती सम्झौता नेपालमा थुप्री रहेका छन । नेपालमा अखडा बनाउन अमेरिकाले चाहिरहेको बेला नेपालका दलालहरु त्यसैमा लागेका छन ।’
त्यस्तै प्रकाण्डले नेपालमा २०४६ सालदेखि नेपाली जनताको दुःख दिने संसदीय व्यवस्थाको सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिए पनि स्थानीय चुनावले जनताको समस्या समाधान कुनैपनि हालमा हुननसक्ने बताए । साथै प्रकाण्डले नेकपाको काँधमा ऐतिहासीक जिम्मेवारी आएको भन्दै त्यो जिम्मेवारी बहनगर्न सबै कार्यकर्ता लाग्नुपर्ने बताए ।
अबको एक हप्ता प्रकाण्डको बसाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विभिन्न राजनैतिक भेटघाटका साथै आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रममा रहेको बताइएको छ । पार्टी प्रशिक्षणका लागि मंगलबार बिहान सुर्खेत पुगेका प्रकाण्डलाई उनका कार्यकर्ताले फूलमाला लगाएर भव्य स्वागत समेत गरेका थिए ।