काठमाण्डौ । सरकारले विदेशबाट फर्कने सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न उर्दी जारी गरेको छ । नेपाल आउने विदेशी नागरिकलाई आफ्नै व्यवस्थापनमा र नेपालीहरुलाई आफ्नै घरमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्न सरकारले अनिवार्य गरेको हो ।
तर निर्वाध रुपमा कोरोना संक्रमति देशबाट आइरहेका पर्यटक र नेपालीलाई त्रिभुवन विमानस्थलको क्वारेन्टाइनले कत्तिको व्यवस्थित जाँच गरिरहेको छ ? भन्ने कुरा शंकास्पद छ । अध्यागमन विभागले सूचना निकालेर विदेशीलाई मनपर्दो रुपमा क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । नेपालीलाई घरमै बस्न भनिएको छ ।
विभागको सुचनामा १४ दिनसम्म परिवारका सदस्यसँग पनि भेटघाट नगरी छुटै कोठमा बस्न, घरमै क्वारेन्टाइनमा रहँदा हावा ओहोरदोहोर गर्ने छुट्टै कोठामा बस्न, मास्क लगाउन, सकेसम्म छुट्टै शौचालय प्रयोग गर्न, छुट्टै शौचालय सम्भव नभए नियमित सरसफाइ गर्न, अरु व्यक्तिसँगको दूरी बढाउन भान्सा बैठक कोठा लगायत जमघट हुने ठाउँमा नजान भनिएको छ ।
अध्यागमन विभागले भनेजस्तै स्वास्थय मन्त्रालयले यसअघि नै घरबाट बाहिर ननिस्कन, बारम्बार साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन, हात धुने अवस्था नभए ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न, आफूले प्रयोग गरेका कपडा रुमाल अरुलाई प्रयोग गर्न नदिन र अरु मानिससँगको दूरी कम्तीमा एक मिटर कायम गर्न आग्रहसहितको सुचना जारी गरेको थियो ।
भरपर्दो की मनपर्दो ?
नेपालमा कोरोनाको जोखिम यति धेरै छ की ? आज आउँछ की भोलि ? भनेर नागरिक चिन्तित छन । छिमेकी चीनमा कोरोनाबाट ५ हजार बढीले ज्यान गुमाइसके भने भारतमा अहिलेसम्म दुई जनाको ज्यान गएको छ । यसरी हेर्दा दुबै देशमा भयावह अवस्था सिर्जना भएको कोरोना नेपाल आउन धेरै समय लाग्दैन ।
तर व्यवस्थापनमा सरकार चुकेको चुक्यै छ । विमानस्थलको जाँचलाई देखावटी मात्रै ठानिएको छ । जबकी त्यो मेशिन नै पुरानो वा नयाँ के हो ? भन्ने एकिन छैन । यस्तो अवस्थामा सरकारले आलोचनाबाट बच्न क्वारेन्टाइन अनिवार्य गरिएको सुचना बाहिर ल्याउनु आफैमा शंकास्पद मान्नुपर्छ ।
अहिलेसम्म कोरोनाबाट सुरक्षित रहेका नेपालीलाई भरपर्दो र विश्वासमा लिन मुख्यतया नाकामा सरकारले बलियो उपस्थिती देखाए पुग्छ । चीनसँगको सीमानाका लगभग बन्द अवस्थामा छन भने भारतबाट खुलेका नाकामा कडा रुपमा जाँच राख्नुपर्ने आवश्यकता छ ।
मुख्यगरी विदेशबाट आउने नेपाली वा पर्यटकबाट कोरोनाको संक्रमण फैलिदो छ । यस्तो अवस्थामा विमानस्थलमा कडासँग जाँच गरेर सरकार आफैले सञ्चालन गरेको क्वारेन्टाइनमा १५ दिनसम्म राखेमा नागरिक आफै कोरोनाबाट बच्न सम्भव छ । अन्यथा वक्तव्यबाजीमाले मात्रै कोरोनाबाट नेपालीलाई सकिदैन भन्ने कुरामा राज्य जिम्मेवार हुनुपर्ने देखिन्छ ।
स्थल होइन हवाईमार्गमा कडाई !
सरकारले पर्यटक भिसा एक महिनाका लागि बन्द गरेको छ । विदेशी नागरिक तथा आप्रवासी नेपालीलाई नेपाल आएसकेपछि दिइने अनअराईभल भिसा पनि आउँदो वैशाख १८ गतेसम्मको लागि स्थगित छ । तर यो मात्रै पर्याप्त होइन । अहिले पनि दैनिक रुपमा स्पेन लगायतका देशबाट मानिसहरु आइरहेका छन । जबकी स्पेनमा कोरोनाले संकटकाल घोषणा गरिएको छ ।
सरकारले स्थलमार्ग लगभग बन्द गरेपनि हवाईमार्गलाई छुट दिदै आएको छ । यो पनि चिन्ताको विषय हो । मुख्य गरी हवाई मार्गलाई कडाई र व्यवस्थित नगरीकन अहिले विश्वव्यापी रुपमै संकटकाल ल्याइसकेको कोरोनाबाट पूर्णरुपमा सुरक्षित हुन मुश्किल देखिन्छ ।