सिमकोट : उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका हिमालपारीको गाउँ लिमीका बालबालिकाले मोडर्ना खोप लगाउन पाएका छैनन् । लिमी जाने दुई वटा नारा र न्यालु नाकामा हिमपातले बाटो बन्द हुँदा स्वास्थ्यकर्मी जान नसक्ने भएको हुँदा लिमीका तीन गाउँका बालबालिकाहरुले सो खोप लगाउन नपाएका हुन् ।
नाँम्खा गाउँपालिकाका स्वास्थ्यले लिमीका तीन वटै गाउँ तील, हल्जी र जाङका बालबालिकाले पुस १४ गते सम्पन्न भएको मोडर्ना खोप लगाउने कार्यबाट बञ्चित हुनुपरेको जनाए ।
खोप लिएर स्वास्थ्यकर्मी जान नसक्ने अवस्था भएपछि लिमीका बालबालिका खोप लगाउने कार्यबाट बञ्चित हुनु परेको छ । खोप तयारी अवस्थामा रहेको भएपनि लिमी जाने कुनै विकल्प नहुँदा हाललाई सो खोप लगाउने कार्य रोकिएको होे ।
लिमीका तीन वटै गाउँमा एक सय भन्दा बढी मोडर्ना खोप लगाउने उमेर समूका बालबालिका रहेको गाउँपालिकाले जनाएको छ । यस्तै गरि हिमपात कै कारण दोस्रो मात्रा लगाउन नसकिने भएपछि नाम्खा गाउँपालिकाका ४ र ५ नम्बर वडाका छ वटा बस्तीका बालबालिकालाई पनि खोप लगाउने कार्य हुन सकेको छैन् ।
स्वास्थ्य सेवा कार्यालयमा प्रमुख प्रेमबहादुर सिंहले हिमपातकै कारण लिमी, यारी, मुचु, तुम्कोट, चाला, याङ्गार र याल्वाङका बालबालिकालाई पछि उपयुक्त समयका खोप लगाइने जानकारी दिए ।
जिल्लाका खार्पुनाथ बाहेक अन्य गाउँपालिकाका के कति बालबालिकाले मोडर्ना खोप लगाए त्यसको विवरण पनि कार्यालयमा आउन सकेको छैन । सो भ्याक्सिन ६ सय ३७ भाइल मात्र जिल्लामा आएको थियो । यसबाट छ हजार ३७० बालबालिकाले मात्र खोप लगाउने पाउनेछन् ।
र, यो पनि...