काठमाडौँ - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट कर्णालीका २९ नेता केन्द्रीय सदस्यमा चयन भएका छन् । आइतबार सकिएको माओवादीको आठौँ महाधिवेशनबाट खुल्ला र समानुपातिक गरी २९ जना नेता माअोवादीको केन्द्रीय सदस्यमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
२३७ जनाको घोषित केन्द्रीय सदस्यमा कर्णालीबाट २९ जना नेता परेका हुन् । जसमा महासचिवका दाबेदार जनार्दन शर्मादेखि शक्ति बस्नेतसम्म छन् । अनि जुम्लाका चर्चित सांसद गजेन्द्र महतदेखि नरेश भण्डारी पनि छन् । महत खुल्लाबाट केन्द्रीय सदस्य बन्दा भण्डारी पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य बनेका हुन् ।
यस्तै पूर्व मन्त्री सीता नेपाली दलित महिलाबाट केन्द्रीय सदस्य बन्दा कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती जनजाती कोटाबाट केन्द्रीय सदस्य बनेकी छन् । यस्तै दलित युवा महिलामा जाजरकोटकी पार्वती विक केन्द्रीय सदस्य बनेकी छन् । पत्रकार लक्ष्मी शर्मा पनि माओवादीको केन्द्रीय सदस्य बनेकी छन् ।
माओवादी केन्द्रमा कर्णालीबाट केन्द्रीय सदस्यको नाम हेर्दा जनार्दन भन्दा शक्ति बस्नेत अगाडि देखिन्छन् । अनि कर्णालीका वैचारिक क्रान्तिकारी नेता मानिने नरेश भण्डारीलाई बेवास्ता गर्दै गजेन्द्र महतलाई हाबी गराइएको छ ।
कर्णालीबाट माओवादी केन्द्रीय सदस्य बनेका २७ नेता
(क) समावेशी
(i) खसआर्य पुरुष खुल्ला तर्फ
१. नर ब बिष्ट
२. वसन्त शर्मा
(ii) खस आर्य युवा पुरुष तर्फ
१. बिजय भण्डारी
(iii) खस आर्य महिला तर्फ
१. सत्य पहाडी
२. टीका बुढाथाेकी
३. गाेमा कुवँर
४. काली चलाउने
५. हरिमाया शर्मा
(iv) खस आर्य युवा महिला
१. यशाेदा न्याैपाने
२. कृष्णा शाहा
(v) दलित पुरुष तर्फ
१. बिष्णु ब. बि क.
(vi) दलित महिला
१. सीता नेपाली
(vii) युवा दलित महिला
१.पार्वती बिक
(viii) आदिवासी जनजाती पुरुष
१. छक्क ब लामा
(ix) आदिवासी जनजाती महिला तर्फ
१. पुष्पा घर्ती
२. लक्ष्मी पुन
(ख) खुल्ला तर्फ
१. शक्ति बस्नेत
२. जनार्दन शर्मा
३. काली बहादुर मल्ल
४. माया प्रसाद शर्मा
५. टेक बहादुर बस्नेत
६. राज कुमार शर्मा
७. रामदीप अाचार्य
८. झक ब मल्ल
९. बिन्दमान बिष्ट
१०.गजेन्द्र महत
११ महेन्द्रबहादुर शाही
(ग) पिछडिएकाे क्षेत्रवाट
१. नरेश भण्डारी