सुर्खेत : दैलेखको गुराँस गाउँपालिका–६ की २२ वर्षीय सपना बटला गत कात्तिक ४ गते एक्कासि बिरामी परिन् । उनी पहिलो पटक सुत्केरी भएको पाँच दिन भित्रमा बिरामी परेकी हुन् ।
त्यो दिन अर्थात कात्तिक ४ गतेदेखि सपना र उनका २५ वर्षीय गणेश रोकायका दुःखका दिन सुरू भए । सपना एक्कासी बिरामी परेपछि सपनाका श्रीमान गणेश र उनका आफन्तले तत्काल उपचारका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ कालागाउँ सुर्खेतमा रहेको प्रदेश अस्पतालमा पु¥याए ।
सपनाको पाँच दिनको बच्चालाई घरमै छोडेर सपनालाई उपचारको लागि प्रदेश अस्पतालमा भर्ना गरिएको हो । गणेशले करिब एक महिना प्रदेश अस्पताल कालागाउँमै सपनाको उपचार गराए ।तर, त्यहाँ उनमा भएको रोगको कुनै पहिचान हुन नसकेपछि अस्पतालले बाहिर पठाउँनु पर्ने बतायो । गणेशका अनुसार अस्पतालको सल्लाह बमोजिम सपनालाई उपचारको लागि गत मंसिर ३ गतेनै काठ्माण्डौँ लगेको बताए । हाल सपनाको काठ्माण्डौँ स्थित दीर्घायु हस्पिटलमा भर्ना गरेर उपतचार भईरहेको छ ।
सपनाका श्रीमान गणेशका अनुसार प्रदेश अस्पतामा करिब एक महिनासम्म भेन्टिलेटमा राखेर उपचार गर्दा पनि बिरामीमा परिर्वतन नआएकोले काठ्माण्डौँ लगिएको बताए । हाल सम्मको उनको उपचारको लागि करिबकरिब १६ लाख रकम खर्च भईसकेको छ र अझै कति रमक खर्च हुने हो त्यसको समेत टुंगो छैन् ।
सपनाको माइती घर जाजरकोट जिल्ला हो । सपना र गणेशले एकवर्ष अघिमात्रै विवाह गरेका थिए । सपना सुत्केरी भएको आज ७९ दिन बितिसक्दा पनि उनले आफ्नो सन्तानलाई दुध समेत चुसाउँन् सकेकि छैनन् । उनी बेडमै बस्न लागेको करिब ७४ दिन पुग्यो भने हाल बिहोस अवस्थाबाट होस खुलेको र हल्का बोल्दा थालेको श्रीमान गणेशले बताए ।
यस्तै उनको उपचारको लागि आफन्तले सहयोगी मन तथा संस्थाहरुमा सहयोगको माग राखेका छन् । गणेशकी श्रीमती सुत्केरी भएको पाँच दिनपछि एक्कासि बिहोस भएर बिरामी परेकी थिन् भने उपचारमा थप पैसा लाग्ने भएकाले आर्थिक अभावका कारण सहयोगी दातासँग सहयोगको अपिल गरेका छन् ।
सपनाका श्रीमान गणेशका अनुसार उनमा ब्रेन (दिमाग) सम्बन्धि समस्या भएको देखाएको छ । दीर्घायु हस्पिटलमा उपचाररत सपनाको हाल स्वास्थमा क्रमिक सुधार आइरहेको हस्पिटलले जनाएको छ । डाक्टरको सल्लाह अनुसार अझै ६ महिना सम्म हस्पिटलमै राखेर उपचार गर्नु पर्ने भएकाले आर्थिक अभाव भएको गणेशले बताए । उनले भने, ‘हाल सम्म धेरै खर्च भईसकेको छ । घरको पारिवारिक अवस्थामा पनि नाजुक हुँदै गएको छ । हरेक दिन औषधी तथा बेड खर्च मात्रै १५ हजार आउँछ ।’
यसरी हेर्दा उनको डाक्टरले अझै ६ महिना हस्पिटलमा राखेर उपचार गर्नृपर्ने भनेपछि करिब २७ लाख रकम लाग्ने अनुमान गरिएको छ ।
यदी सपनाको उपचारमा सहयोग गर्न चाहने व्यक्ति तथा सहयोगी दाताले ९८६८२६४४२०, ९८१०९४९११७, ९८६६२०५०९९ र ९८५७०५९०७२ नम्बरमा सम्पर्क गरेर वा गणेशका भाई दिनेश रोकायको गरिमा विकास बैंकमा रहेको खाता नम्बर ०७२०१९००८६१८०३०००००१ मा र साथी भुपेन्द्र विसीको नाममा रहेको काठ्माडौँ बैंकके खाता नम्बर ०५१५००००५०६६५२४ मा सहयोग गर्न सकिने छ ।