काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत कर्णालीबाट २९ जना केन्द्रीय सदस्यमा चयन भए । आइतबार महाधिवेशनबाट खुल्ला र समानुपातिक गरेर २९ जना सर्वसम्मत चयन भएका हुन् ।
कर्णालीबाट २९ जना चयन हुँदा कालिकोटबाट भने तीन जना केन्द्रीय सदस्य चयन भएका छन् । जसमध्ये कर्णालीका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही खुल्लाबाट चयन भएका हुन् भने यशोदा न्यौपाने खस आर्य र दलित युवा पुरुषबाट विष्णुबहादुर विक चयन भएका हुन् ।
मुख्यमन्त्री समेत भएका महेन्द्र शाही माओवादी अध्यक्ष प्रचण्डको खल्ती भएर सदस्य मात्रै भएनन उनलाई कालिकोटवासीले दुई पटक निर्वाचित गराए । सांसद भए । २०७० सालको चुनाव र २०७४ सालको चुनावमा कालिकोटवासीले उनलाई विश्वास गरे ।
उनी सत्ता र शक्तिमा धेरै पटक पुगे तर कालिकोटवासीका समस्या भने ज्युँका त्युँ रहेका छन् । त्यो कर्णाली राजमार्ग भनौं याँ विद्युत वषौंदेखि चुनावका नारा बनाएका महेन्द्रले मुख्यमन्त्री हुँदा समेत पुरा गर्न सकेनन ।
विकास र समृद्धिका नारा बचेर कालिकोटवासीलाई बेला-बेला चुतिया बनाइरहेका महेन्द्र शाही पटक पटक नेतृत्वमा पुगे । र, छन् । तर, कालिकोटवासीको समस्या भने पुग्न सकेनन ।
केही दिनअघि काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महेन्द्र शाहीले कालिकोटलाई नमुना बनाउने योजनामा रहेको बताए । त्यतिमात्रै हो र ? कालिकोटको नरहरीथान गाउँपालिका– १ कोटावाडा एअरपोर्टदेखि मान्मा जोड्ने गरी केबुलकार बनाउने योजना बनाए । त्यसले पनि तीव्र रुप लिन सकेको छैन ।
यस्ता कालिकोटका लागि अलपत्र परेका योजना र सपना थुप्रै छन् । काठमाडौंमा जारी महाधिवेशनमा अब, कालिकोटका लागि योजना बनाउने र कार्यान्वयनको पाटो खोज्ने बताए । आफनो गल्ती नदोहोर्याएर काम गर्ने उनको दाबी छ ।
कालिकोट माओवादीको किल्ला हो । कालिकोटमा जनयुद्धका घाइते छन् । योद्धा छन् । योद्धाका सपना छन् । वषौंदेखि माओवादीले नै राजकाज गर्दै आएको छ ।
त्यतिमात्रै होइन पटक पटक जनयुद्धका सपना बोकेर राजनीति गर्ने र नेतृत्वमा पुग्ने महेन्द्र शाही पनि छन् । उनी कर्णालीको मुख्यमन्त्री हुनुभन्दा पहिला शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा उर्जामन्त्री भए विद्युतको अवस्था भने फरिएन ।उस्तै रह्यो ।
कालिकोटका विभिन्न वस्तीहरु अन्धकारमा छन् । स्थानीय अँध्यारोमा छन् । कर्णाली राजमार्ग अहिले पनि मृत्युमार्ग भनेर चिनिएको छ ।
गरिबी विपन्न परिवारको अवस्था उस्तै छ । शिक्षाको अवस्था उस्तै छ । यसको कारबाही कसलाई गर्ने ? यसका दोषीलाई कालिकोटवासीले खोजिरहेका छन् ।
महेन्द्र शाही यस पटक पनि माओवादीको केन्द्रीय सदस्य भएका छन् । मुख्यमन्त्री भएको बेला निरीह देखिएका महेन्द्र शाहीलाई कालिकोटवासीले अब कुन आधारमा विश्वास गर्ने ? काम गरेका छन् ? प्रश्न आइरहेका छन् ।
माओवादीको महाधिवेशन कर्णालीका १० जिल्ला मध्ये सबभन्दा बढी सदस्य जाजरकोटबाट चयन भएका छन् । जाजरकोटबाट शक्ति बस्नेतका दम्पतिदेखि रामदीप आचार्यको दम्पतिसम्म परेका छन् । कर्णालीबाट २९ चयन हुँदा मुगुले केन्द्रीय सदस्य पाएको थिएन । यद्यपी मनोतिन गर्ने भनिएको छ ।