सुर्खेत l कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमध्ये ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आइतबार भेटिएकामध्ये सल्यानका २८, सुर्खेतका २०, दैलेख र कालिकोटका ३र३ जना रहेको जानकारी दिए।
थपिनेमा सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ का ७ पुरुष, १ महिला, वडा नम्बर ३ का २ पुरुष, ४ का ३ पुरुष, ५ र ६ का २र२ जना पुरुष, वडा ७ का ५ जना पुरुष, वडा नखुलेका १ पुरुष छन्।
यस्तै स्थानीय तह नखुलेका सल्यानको बेलखोला गाउँका ३ जना पुरुष रहेका छन् भने कुमाख गाउँपालिका–३ का २ जना पुरुष रहेका छन्।
सुर्खेतको बराहताल गाउँपालिका–१ र २ का १र१ जना पुरुष, भेरीगंगा नगरपालिका–९ र वीरेन्द्रनगर नगरपालिका–२ का २र२ जना पुरुष, चौकुने गाउँपालिका–७ र ८ का १र१ पुरुष, लेकवेशी नगरपालिका–१, ३ र ९ नम्बर वडाका १र१ जना पुरुष, वडा नम्बर ४ का ३ पुरुष, पञ्चपुरी नगरपालिका ४ का ४ जना पुरुष र वडा नम्बर ९ का १ महिला, १ जना पुरुष छन्।
दैलेखको भेरवी गाउँपालिका–३ र ५ का १र१ जना पुरुष, चामुण्डाविन्द्रासैनी नगरपालिका–४ का ११ वर्षीय बालकमा संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ।
कालिकोटको खडाचक्र नगरपालिका–९ र १० का १र१ जना पुरुष र महाबै गाउँपालिका–३ का एक जना पुरुषमा संक्रमण देखिएको छ।