सल्यान : शहरी विकास मन्त्री रामकुमारी झाँक्री राउटे बस्तीमा पुगेकी छन् । मन्त्री रामकुमारीसहित नेकपा एकीकृत समाजवादीका उप–महासचिव प्रकाश ज्वालाको टोली शुक्रबार राउटे बस्तीमा पुगेको हो ।
लोपोन्मुख राउटे समुदायको घर निर्माणका लागि प्रस्ताव लिएर उक्त टोली पुगेको हो । उक्त प्रस्ताव राउटे आवास, शिक्षा र स्वास्थ्यकाे प्रत्याभूति दिलाउन मन्त्री रामकुमारीसहितको टोली पुगेको जनाइएको छ ।
सुर्खेत सिम्ता गाउँपालिका-४ कालिखोला पटौकामा भेरी नदिको किनारमा बस्दै आएका राउटेहरु अहिले भेरीको चिसाेसँग सामना गरिरहेका छन् ।
चिसाेले राउटेहरु बिरामी समेत पर्न गएका छन् । राउटे बस्तीमा पुगेर मन्त्री रामकुमारीले ३ वटा प्रस्ताव गरेकी छन् । बास, शिक्षा र स्वास्थ्यकाे व्यवस्थापन गर्ने । तर राउटेहरुले भने पहिलो प्रस्ताव वास व्यवस्थापन गरिदिन माग गरेका छन् ।
जसकारण शहरी विकास मन्त्री रामकुमारीले उनीहरुकाे लागि काठकाे फाेल्डिङ वाला घर निर्माण कार्य गरिदिने बताइन् । क्रमश बालबालिकाको पठन पाठनकाे लागि शिक्षा र स्वास्थ्य सुविधाकाे समेत व्यवस्थापन गर्ने जनाएकी छिन् ।
राउटे समुदायका बालबालिकालाई शिक्षा समेत प्रदान गरिने भएको छ । उनीहरुकाे लागि घर भने तत्काल सुरु गरिने भएको छ । अत्यधिक चिसो बढेकोले ६५ वटा ब्लाङकेट हस्तान्तरण गरिएको छ ।
राउटे समुदायकी सम्झना शाही र गाजलुसँग मन्त्री झाँक्रीले मितेरी समेत लागाएकी छिन् ।राउटे समुदायले उपहार स्वरुप निर्माण गरेका काठका उपहार प्रदान गरेका छन ।
राउटेहरुकाे व्यवस्थापन अब राज्यले लिने र त्यसको लागि उनीहरुलाई शारीरिक तथा मानसिक रुपले जनचेतना बढाउनेतर्फ सरकार लाग्ने मन्त्रीले बताइन् ।
जहाँ बस्ती स्थानान्तरण गर्यो त्यहीँ घर बनाउने जनाइएको छ । प्राविधिकसहितको टोली लिएर मन्त्री राउटे बस्तीमा पुगेकी थिइन । राउटेहरुकाे घर निर्माणकार्य छिट्टै हुने नेकपा उप महासचिव ज्वालाकाे समेत भनाइ रहेको छ ।