सुर्खेत । नेकपा (एकिकृत समाजवादी) पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियू दैलखको संयोजकमा रोहीत लामीछाने मगर चयन भएका छन् ।
शनीबार दैलेख सदरमुकाममा आयोजित पार्टीको भेलाले अनेरास्ववियू केन्द्रीय कमिटी सचिवालय सदस्य समेत रहेका लामीछानेलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।
यस्तै भेलाबाट अनेरास्ववियू दैलेखको १२ औ जिल्ला सम्मेलन आगामी फागून ६ र ७ गते दैलेख सदरमुकाममा गर्ने निर्णय पनि भएको संयोजक लामीछानेले दिए।
१२ औँ सम्मेलन सम्पन्न गर्नका लागि जिल्लाका सबै स्थानीय तहमा पालिकास्तरीय जिम्मेवारी समेत तोकीएको छ । पार्टीको स्थाई कमिटिसंग समन्वय गरी जिल्लामा रहेका माध्यामीक बिद्यालय, क्याम्पस र नगर तथा गाउकमिटि गठन गर्नका लागी ११ वटै स्थानीय तहका लागि संयोजक तोकीएको बताईएको छ ।
जसअनूसार आठबिस नगरपालिकाको लागी प्रेम बिक÷उमेश तिवारी, ठाटीकाध गाउपालिकाको लागी गणेशप्रसाद देवकाटा, चामुण्डा बिन्द्रासैनी नगरपालिका खेम शाही÷बिज्ञानराज कार्की, भैरवी गाउपालिकाका दलागी धर्मेन्द्र आचार्य,राजेश कंडेल र डेबीट अधिकारीलाई जिम्मेवारीदिईएको छ ।
यस्तै महाबू गाउपालीकाको लागी दिपक केसी÷लोकेश बुढा, दुल्लु नगरपालिकामा बिशाल कुमार योगी, नौमुले, भगवतीमाई र डुङ्गेश्वर नारायण नगरपालिकाको लागी रविन्द्र प्रसाद पाण्डे ÷बिशाल योगी, र गुराँस गाउपालीकाको लागी दिपेन्द्र बिसी लाई जिम्मेवारी दिएको संयोजक लामिछानेले जानकारी दिए ।