काठमाडौँ : नेकपा एमालेको सुर्खेतको जिल्ला अध्यक्षमा दुई जनाले उम्मेद्वारी दिएपछि कर्णालीमा एमालेको यामलाल गुट पनि फुटेको छ । अध्यक्षका लागि अमृत बिसी र डण्डी शर्मा चुनावी मैदानमा उत्रिनुका पछाडि विभिन्न परिदृश्यहरु देखिएका छन् ।
जुन केही समयअघि मात्रै एमालेबाट फुटेको नेकपा समाजवादीको असर हुन सक्छ । त्यति मात्रै नभई स्वयंम यामलाल कँडेलले नेताहरुलाई मिलाउन नसकेको असन्तुष्टि पनि छ । जसले गर्दा कर्णालीमा एमालेको एकल गुट सम्हालेका यामलालको शक्ति थप क्षयीकरण भएको छ ।
यसअघि एमालेमा प्रकाश ज्वालाले माधव नेपाल गुटको नेतृत्व गर्दै आएका थिए । तर माधव नेपाल नै पार्टी छाडेर गएपछि प्रकाश ज्वाला गुट पनि सोही पार्टीमा गएपछि त्यो स्पेश खाली देखिएको थियो ।
कर्णालीमा त्यो स्पेश कसैले पूर्ति गर्न सम्भावना कम छ । सुर्खेतमा भने नवराज रावतले नयाँ गुटको अभ्यास थालेका छन् । उनले सुर्खेतमा यामलालविरुद्ध नै नयाँ गुटको अभ्यास थालेका हुन् । यामलालविरुद्ध गुट बनाउनु नवराज रावतलाई सजिलो भने छैन ।
यसअघि ओली सरकारमा मन्त्री हुँदा रावतले सोझै पार्टी नेतृत्वको शीर्ष तहमा सम्बन्ध बनाएका थिए । तर त्यो अनुसारको आफ्नो गुट नै बनाउँछन् भन्नेमा धेरेको अपेक्षा थिएन । अहिले यामलालविरुद्ध नै नवरावत रावतले गुट बनाउनु अपेक्षाभन्दा धेरै परको विषय हो । अनि ऋषि शर्माको योगदानलाई हतियार बनाएर गुट रुपान्तरण गर्न खोज्नुु चिन्ताको विषय पनि हो ।
यसले ढिलोचाँडो सुर्खेतको नेकपा एमाले आफू पक्षीय नेतालाई फाइदा होला । तर दीर्घकालिन रुपमा कसैलाई पनि फाइदा हुँदैन । यसतर्फ नेताहरु गम्भीर हुन आवशयक छ । साच्चै कर्णालीमा एमालेको शीर्ष तह दाबी गर्ने यामलाल कँडेलको पनि पार्टी पंक्तिलाई कतिको मिलाएर लैजान सक्छन भन्ने चिन्ता हो ?
अन्यतः यसले एमाले मात्रै होइन, सिंगो कर्णालीलाई पनि थप क्षति गर्न सक्छ ।