सिमकोट: प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँच जिल्ला अधिबेशनले निवर्तमान संयोजक नन्द कुमार सिंहलाई अध्यक्षमा चयन गरेको छ । सिंहको नेतृत्वमा सर्वसम्मत जिल्ल कार्य समिति चयन गरिएको हो ।
सिंहको अध्यक्षतामा २१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो । चौतारीको जिल्ला अधिबेशनले उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतीलाल महतारा, समावेशी दलित सहसचिवमा मान बहादुर परियार र कोषाध्यक्षमा बेलुमाया महतारा चयन गरेको हो ।
त्यसैगरि अधिबेशनले जिल्ला कमिटीका सदस्यहरुमा धन बहादुर भण्डारी, टसी बोहरा, सम्राट बोहरा, मनोज बोहरा, मोहनसिंह बुढा, धोज बहादुर शाही, लक्षे कामी, अविराज हमाल, चक्र दानी, छक्क थापा,, राजु पार्की, नेरन्द्र बुढा, दिनेश पाण्डे र भरत परियार चयन गरेको छ ।
यसैगरि अधिबेशनले प्रदेश प्रतिनितिधीमा एक जना मात्रै मन्दिर सिंह चयन गरिएको भएपनि केन्द्रिय महाधिवेशन प्रतिनिधी र प्रदेश अन्य प्रतिनिधी नयाँ पदाधिकारी चयन जिल्ला कमिटीको पहिलो बैठकबाट नेतृत्व चयन हुने नबनिर्बाचित अध्यक्ष सिंहले बताए ।
अधिबेशन प्रेस चौतारी नेपालका जिल्ला निर्बमान संयोजक सिंहको अध्यक्षतामा र नेकपा एमाले जिल्ला पार्टी कावा अध्यक्ष एवं प्रदेश कमिटी सदस्य ज्ञामी बुमीको प्रमुख आथित्यमा सञ्चालज भएको थियो ।
चौतारी अधिबेशनको उद्घाटन सत्रमा दलका नेताहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा दलका नेताहरुले व्यवसायीक पत्रकारितमा पत्रकारहरुले काम गर्नु पर्ने सुझाव दिएका थिए ।