सल्यान : सल्यान बनगाड कुपिण्डे–१ बनगाड खोलामा खारखेत मुहान माल्पे जोड्ने झोलुङ्गे पुल उद्घाटन भएको छ । बुधबार नेकपा एकिकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले उद्घाटन गरेका हुन् । ४ सय २० घरधुरीले लाभान्वित हुने अपेक्षा लिइएको छ । ७३ लाख ७९ हजार ५ सय ४९ रुपैया लागतमा पुल निर्माण भएको उपभोक्त समितिका अध्यक्ष डम्बर साहुले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय सल्यानको ६६ लाख, स्थानीय निर्माण सामग्री १ लाख ४७ हजार र समाजिक तथा प्राविधिक सहयोगका लागि गैरसरकारी संस्था शारदाको तर्फबाट ६ लाख १९ हजार बजेट लागेको पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुनले जानकारी दिए । कोरोना समयबीच सामग्री अभावले निर्माण कार्य निकै सकस भए पनि पुल समयमै सम्पन्न भएको उनको भनाइ छ ।
१ सय मिटर लम्बाई उक्त पुलको २०७६ माघमा सम्झौता भएको थियो । पुल उद्घाटन गर्ने खारखेत पुगेका पूर्व मन्त्री समेत रहेका उपमहासचिव ज्वालाले विकासमा राजनीतिक साझेदारी हुनुपर्ने बताए ।
ज्यावा अहिले सांसद होइनन कर्णालीमा माओवादी नेतृत्वको सरकारमा अर्थमन्त्री समेत भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध निर्णायक रुपमा फ्लोर क्रस गरेर विद्रोह गरेका ज्वाला कारबाहीमा पर्दा सांसद पद गुमेको थियो ।
यद्यपी ज्वालाले सल्यान पश्चिमका थुप्रै विकास निर्माण क्षेत्रमा बजेट विनियोजन गरेका थिए । विकासमा सहयोग, साझेदारी र अपन्वत्व हुनुपर्नेमा उनको भनाइ छ ।
माल्पे–खरेखोला जोड्ने पुल उद्घाटन कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुनले स्थानीय स्तरमा हुने विकास निर्माण कार्यमा दिगोपन हुनुपर्ने बताए । पैदल डिँड्ने गर्ने खेती गर्न, अन्य कामकाज गर्ने, आवत–जावत गर्न कठिनाइ हुने दिन गएको उनको भनाइ छ ।
उद्घाटनमा वडाध्यक्ष शान्त कुमार यरी, समाजवादीका नगर अध्यक्ष रविराज शर्मा, नगर इन्चार्ज गणेश बिसी, टोपवहादुर विष्ट, राप्रपाका क्षेत्रिय अध्यक्ष शिव वली लगायतको उपस्थिती रहेको थियो ।