सिमकोट : हिमालपारीको गाउँ लिमीको स्वास्थ्य चौकी मंसिर महिनापछि बन्द हुँदै आएको छ । कार्यालयको काम विशेषले सदरमुकाम सिमकोट आएका स्वास्थ्यकर्मी हिमपातपछि फर्किन नसकेपछि लिमीमा विरामी भएपछि पनि उपचार गर्ने मान्छे समेत छैन ।
नाम्खा गाउँपालिका – ६ लिमीको हल्जी गाउँका स्थानीय लेण्डाप तामाङले स्वास्थ्य चौकी बन्द हुँदा स्थानीयलाई उपचारमा समस्या हुने गरेको जानकारी दिए । उनले स्वास्थ्य चौकी बन्द भएपछि गुम्बाको लामाले जडिबुटीबाट बनाएको औषधि गर्ने गरेको जानकारी दिए ।
हल्जी गाउँबाट पाँच सय मिटर टाढा रहेको स्वास्थ्य चौकी कर्मचारी नहुँदा बन्द हुँदा बिरामीहरुलाई लामाको शरणमा पर्नुको अन्य विकल्प पनि छैन । उनले लामाकै औषधिको प्रयोग गरेर बिरामीहरु उपचार गर्नुपर्ने बाध्यता आएको उनले बताए ।
गाउँमा बिरामी पर्दा उपचार गर्न स्थानीय स्वास्थ्यकर्मी नभएर स्वास्थ्य चौकी बन्द हुँदै आएको कारण सिधै गुम्बाको लामासंग जानु लिमीवासीका लागि सामान्य जस्तै भएको छ । उनले कम्तीमा पनि एक जना स्वास्थ्यकर्मी नियमित रुपमा स्वास्थ्य चौकीमै बसेर उपचार गर्ने व्यवस्था गर्न सरोकारवाला पक्षसँग माग गर्े ।
वडाध्यक्ष पाल्जोर तामाङ स्वास्थ्य चौकीमा भएको औषधि थन्किएको बताउँदै बिरामीले उपचार परम्परागत पद्धतिबाट गर्नुपर्ने अवस्था आएको जनाए । कात्तिक महिनाको अन्तिमतिर जिल्लामा लागेका स्वास्थ्यकर्मी हिमपातले लिमी जाने बाटो बन्द हुँदा फिर्ता नभएको कारण स्वास्थ्य चौकी कर्मचारीविहीन भएर बन्द भएका छन् ।
तामाङले स्वास्थ्य चौकीमा भएको औषधी कर्मचारी नभएको कारण त्यतिकै थन्किएको बताउँदै बिरामीहरु लामाले बनाएको जडिबुटीको धुलो प्रयोग गरेर निको हुने गरेको बताए ।
बर्खाका छ महिना स्वास्थ्यकर्मीहरु लिमी आएर उपचार गर्ने गरेको भएपनि छ महिना भने लामाकै भरमा बिरामीले उपचारमा भर पर्नुपर्ने बाध्यता रहेको छ । एक गैरसरकारी संस्थाले सोलार जडान गरे स्वास्थ्य चौकीमा तातोपानीको ब्यवस्था देखि स्वास्थ्य चौकीका लागि आबश्यक उपकरणको व्यवस्था गरिएको भएपनि त्यो उपयोग बिहीन अबस्थामा थन्किएका छन् ।
लिमीका स्थानीय बिरामी हुँदा राम भरोसामा उपचार गर्न परिरहेको वडाध्यक्षले बताए । अर्को कुरा उनले गाउँवासी जटिल रुपमा बिरामी भए काठमाडौंबाट महँगो ढुवानी भारदर तिरेर हेलिकोप्टर चार्टर गर्नुको विकल्प नभएको गुनासो गरे ।
यो वर्ष त्योस्थिती नआएको भए पनि विगतका वर्षमा स्थानीय बिरामी हुँदा दुईदेखि तीन पटकसम्म बिरामीका परिवारले हेलिकोप्टर चार्टर गरेर बिरामीको काठमाडौं उद्धार गर्नु परेको थियो ।
लिमीको स्वास्थ्य चौकीका लागि तीन जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । जनप्रतिनधि बाहेक अन्य कुनै सरकारी निकायको यतिखेर उपस्थिती पनि रहेको छैन ।
स्वास्थ्यकर्मी नभएको कुरा स्वीकार गर्दै प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले गरे । उनले स्वास्थ्यकर्मी हिउँदमा बस्नै नमानेकोका कारण केहीलाई अवकास समेत दिएको बताए ।