सुर्खेत : कर्णाली खेलकुद विकास परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका कर्णाली प्रदेश राजधानी वीरेन्द्रगरमा खेलकुद सामग्री वितरण गरेको छ । परिषदले वीरेन्द्रनगरस्थित करातेका ५ वटा डोजोलाई परिषद्का सदस्य सचिव विश्वमित्र सञ्यालको उपस्थितिमा सामग्री वितरण गरिएको हो ।
परिषद् सञ्यालले गण्डकी प्रदेश पोखरामा हुने राष्ट्रिय खेलमा कर्णाली प्रदेशबाट सहभागी हुने करातेका खेलाडीहरुले मेडल प्राप्त गरी कर्णाली खेलकुद विकास परिषद्लाई सम्मानका लागि अवसर दिन खेलाडीलाई आग्रह गरे ।
खेल तयारीको लागि सबैभन्दा पहिला खेलकुद सामग्री उपलब्ध हुनुपर्ने भन्दै सदस्य सचिव सञ्यालले संज्यालले आफुले सकेजति खेलाडीहरुलाई ट्रेनिङको सामान अभाव हुन नदिने बताए । उनले अहिले बजेट अभावका कारण खेलाडीहरुलाई भने जति सामग्री उपलब्ध गराउनु पर्ने हो त्यति नसकिएको भन्दै अहिले जति छ त्यसमा आलोपालो गरेर खेल्न आग्रह गरेका थिए ।
‘परिषद अहिले बजेटमा केही साघुरो अवस्थामा छ तपाईहरुलाई चाहिने सामानहरु छन् म बुझ्छ्, ‘उनले भने,’ ‘कराते र तेक्वोंदोको लागि डमीको पनि आवश्यक छ । त्यसको लागि बजेट व्यवस्थापन गर्न हामीले पहल गरेका छौं । ’
आउने दिनमा कर्णाली प्रदेशमा खेलकुद तयारीको लागि विभिन्न ट्रेनिङ गर्न प्रदेशमै सुविधा सम्पन्न रंगशाला बन्न लागेको भन्दै सदस्य सचिव संज्यालले खेलाडीको आशालाई निराशामा बदल्न नदिने भन्दै नवौँ राष्ट्रिय खेलकुदको लागी मेहनतका साथ लाग्न सबै खेलाडीलाई आग्रह गरे ।
कराते महासंघ कर्णाली टेक्निकल कमिटीका अध्यक्ष प्रदिप कुमार राइले कर्णाली खेलकुद परिषद्ले उक्त सामग्री सहयोग गरेर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि आफुहरुलाई तयारी गर्न निकै प्रेरणा मिलेको बताए । ‘खेलकुद परिषद्ले गरेको सहयोगले हामीलाई निकै हौसला प्रदान गरेको छ, ‘अध्यक्ष राइले भने, ‘‘हामीले आउने दिनमा खेल जगतबाट जसरी पनि प्रदेशको नाम उचो राख्ने प्रयास गर्ने छौं । त्यसको लागि कर्णाली प्रदेश खेदकुद परिषद्ले अभिभावकत्व लिनुपर्छ,।’
खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गीरीले खेलमा सबैभन्दा अनुशासन भएको भन्दै सबै खेलाडीहरुलाई अनुसाशनका साथ खेलमा लाग्नको लागि खेलाडीलाई आग्रह गरे ।
खेलकुद विकास परिषदले सुर्खेत मुख्य डोजो वीनपा– ८ ,वीरेन्द्र नगर डोजो वीनपा – ६ , प्रसंसा डोजो वीनपा–४, उत्तर गंगा डोजो वीनपा –३ , सेन्टमेरी डोजो वीनपा–९ लाई खेल सामग्री वितरण गरिएको थियो ।