लामो समय विकासका परिदृश्य निहाल्दै, गाउँ–बस्ती चाहार्दै बिते । केही समय विकासे सहजकर्ता भएर बिते । केही समय साहित्य र कलालाई जोगाइ राख्नुपर्छ भनेर बिते । केही समय अध्येताका रुपमा बिते । त्यसपछि कर्णालीलाई थोरबहुत अन्तरमनले बुझ्ने मौका मिल्यो । अनि तपाईहरुलाई सुझाव दिन मन लाग्यो नेता ज्यू ।
यसलाई यसरी भन्दा कसो होला ? भनिन्छ, धैयताको फल मिठो हुन्छ । तथ्य गतरुपमा हेर्दा तपाईका भाषण र शासनमा फरक भयो । राजनीतिमा घृणाको खेल भयो । यो कर्णालीका लागि अभिशाप भयो । यसतर्फ तपाईको ध्यान जानुपर्छ कि !
कर्णालीवासीलाई बेला–बेला नेताको भाषण र शासनको फरकले घोत्लिरहेको छ, ‘पार्टीगत दृष्टिकोण फरक भयो । बुझ्ने नेता भएनन, अर्को फरक भयो । उनीहरुमा दीर्घकालिन भिजन भएन अर्को कमजोरी रह्यो । १७ लाख ६० हजार जनसंख्या भएको कर्णाली प्रदेशलाई के गर्न सकिन्छ ? भन्ने खाका नहुँदा अर्को समस्या उत्पन्न भयो । संघीय शासकले हेर्ने दृष्टि कर्णालीका लागि अर्को समस्या छ ।’ आखिर किन !
म्यानमार कि नेतृ आङसाङ सुकीले हरेक कुरामा त्याग गरिरहेकी छिन् । त्यसैले उनी राष्ट्र नायक छिन् । नेपालमा त्यस्तो को छ ? अझ् भनौं कर्णालीमा ! प्रदेश र संघबीचको तालमेला मिलाउन कतै हाम्रा नेताले त्यो गर्न सकेका पो छैनन कि ! एक पटक समूह विज्ञबीच छलफल गर्दा कसो होला ? मेरा कर्णालीमा राजकाज गर्ने नेतासँग यी बुँदाहरु छन् यसमा छलफल र बहस गर्दा कसो होला !
- विगत नबिर्सी वर्तमानलाई आत्मसात् गरौं
- शिरमा जनता, अनि पार्टी र म भनौं
- भन्नेभन्दा गर्नेमा ध्यान दिने गरौं
- उद्देश्यमुखि कार्यक्रमलाई जोड दियौं
- कर्म एउटै पाइला एउटै गरौं
विगत नबिर्सी वर्तमानलाई आत्मसात गरौं : अगुवाले कर्णालीको भाषा बिर्सियौं । धर्म छोड्दै गयौं । जातीय विभेदको विउँ रोप्यौं । उत्पीडनको खाडललाई झन् गहिरो बनायौं । विश्वको चौथो कर्णाली खस सभ्यतालाई आत्मसात गर्न छोड्यौंं । मौलिक ज्ञानको शिक्षालाई पाखा लगायौं । अनि, कसरी हामी उवोतिर लाग्छौं । सन् १६ सय ४० तिर भियतनामले आफनो मुलुक गरिबीको चपेटामा पर्दा नेपालमा कालीगढ पठाएर ढुंगाको कला कृति कोर्न सिकायो । जसको फलस्वरुप ४० वर्षपछि देशलाई नेपालबाट सिकेको कलाले मुहार फर्यो । हामी त्यो गर्न कतै चुकेका त छैनौं ! त्यो विगतलाई आत्मसात् गर्दा कसो होला ?
शिरमा जनता, अनि पार्टी र म भनौं : कर्णालीमा भोट दिने जहाँका त्यहीँ । लिनेहरुका महल ठडिए । नातागोताका आम्दानी फेरिए । परिवारमा पद आए । राज्यको ढुकुटीमा हालीमुहाली भयो । चुनावको बेला गरेका वाचा जहाँका त्यहीँ छन् । फान्स नागरिक समाजशास्त्रका पिता डेविड इमाइल डोकीन ‘जनताको मुहार फेरिन राजनीतिकर्ताको कार्यदिशा र एकता नै मुल हतियार हुने भएकोले शिरमा जनता राख्नु सफल नेतृत्व भएको मानिन्छ’ भनि उल्लेख गरेका छन । त्यसतर्फका कुरालाई हामीले आत्मसात् गर्दा कसो होला !
भन्नेभन्दा गर्नेमा ध्यान दिने गरौं : हाम्रा नेताहरुले भन्छन् हामी केन्द्रबाट हेपियौं । धेरै पटक एकै नेतृत्व कोभिडभन्दा अर्को खतरा भयो । उहिँ चाल । उहिँ डौल । तर, भाषणमा मात्र सिमित भयौं । यतिकैमा मख्ख पर्यौं । कर्णालीमा कति गरिबी छ ? त्यो कहिले बुझेनौं । त्यसको मूल्यांकन न कुनै प्रदेश सरकारसँग दरिलो तथ्यांक छ । न कुनै भरपर्दो कार्यक्रम । नेताले कति महँगो बिताइरहेका छन् त्यसमा हाम्रो कुनै लेखाजोखा छ ? चीनका राष्ट्रपति सी चिनफिङ गरिबको घर-देलौ चाहार्ने गर्छन् । समस्या बुझ्ने गर्छन् । जतनाको सीपको पहिचान गर्छन् । अनि, कर्मचारीलाई कार्यान्वयन गर्न अराउँछन् । त्यसले गर्दा जनताको सीपको खोजी भयो । श्रोतको पहिचान भयो । जिउने आधार बन्यो । हाम्रा कर्णालीका नेताले यसतर्फ ध्यान दिने होकी ? त्यसबाट पाठ सिक्ने कि !
उद्देश्यमुखि कार्यक्रमको आवश्यकता : कर्णालीका नेता बोल्दा घ्यु लगाउने । कामले दिक्दार पार्ने । भाषण गर्दा भन्छन्, ‘राष्ट्र हुन भूगोल चाहिन्छ । जनता चाहिन्छ । हामी उनीहरुकै लागि गर्दैछौं ।’ उनीहरुले कति सजिल्यै झुकाउछन् । कति सहजै बोलिदिन्छन् भाषणबाट, ‘यो गर्छौ । त्यो गर्छौ ।’ तर, के गर्दै छन् ? कसो गर्दैछन् ? नत जनतालाइ थाहा छ । नत कुनै विकासको सहजकर्तालाई । न कुनै अध्येतालाई । त्यो कुरा उनकै आउसे-जाउसे, भरुवाहरुलाई थाहा होला ।
सन् १९०० तिर दिगो विकासका सिद्धान्त प्रतिपादन गरेका जर्मनका नागरिक निकोला टसालाले विकासमा राजनीति उद्धेश्यसहितको अहम भुमिका हुनुपर्छ । यदि उनीहरुको भुमिका भएन भने । विकास अधुरो, अपुरो हुन्छ । जनतालाई सहीमार्गमा डोप्याउन सकिदैन’ भनेका छन् । त्यसैले हाम्रा नेताहरुले पनि उद्धेश्यसहितको कार्यक्रममा जोड दिनुपर्छ कि !
कर्म एउटै पाइला एउटै गरौं : नेपालको इतिहासमा लेखिएको छ । कर्नाली भाषाको उद्धगम थलो हो । इतिहासको मुकुट हो । कलाको सोराठी हो । जैविक विविधताको खानी हो । जल सम्प्रदाको प्रचुर सम्भावनाको सागर हो । पयर्टन प्रवद्धनको लागि चौबाटो हो । कर्णाली स्वाभिमान बढाउनसँगै विकासले मुहार फेर्न गरिबीको दुश्चक्रबाट माथी उठाउन । सबैले हातमा मिलाउँ । क्रियाकलाप साथ दिउँ । तालमा सुर मिलाउँ अजेन्डा सवैको एकै बनाउँ । काममा एकताको साइनो गाँसौं । एक अध्येतालाई अनुसन्धानको थलो बनाउँ । त्यहिँ कर्म गर्न लागौं । अनि, कर्णालीको सपना साकार हुनेछ । कर्नालीको मुहार फेरिनेछ ।
(लेखक, नेपालीले कला संस्कृति र दिगो विकासमा विद्यावारिधी गरेका छन् । कला संस्कृति र कर्णालीबारे उनका पुस्तक समेत प्रकाशित छन् । )