सुर्खेत ।पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, शुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २८ जनामा कोरोना पुष्टि भएको हो ।
माजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार थपिएका संक्रमितमध्ये सुर्खेका १३, जुम्लाका चार, दैलेका तीन, जाजरकोट र कालीकोटका एकरएकजना रहेका छन् । यस्तै अन्य संक्रमितहरु दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एकरएक जना रहेका छन् ।
सर्खेतका संक्रमितहरु भेरीगंगा नगरपालिकाका एकजना पुरुष, चौकुने गाउँपालिकका तीनरतीनजना महिला र पुरुष, गुर्भाकोट नगरपालिकाका एकजना पुरुष, पञ्चपुरी नगरपालिकाका पाँचजना पुरुष रहेका छन् ।
त्यस्तै जुम्लाको चन्दननाथ नगपालिकामा एक महिला र दुईजना पुरुष, सिँजा गाउँपालिकाका एकजना पुरुष, दैलखेको भैरवी, ठाँटीकाँध र नौमुले गाउँपालिकाका एकरएकजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३३५ पुगेको छ ।
कर्णालीमा बुधबार थप ८ जना कोरोना संक्रमित डिस्चार्ज पनि भएका छन् । दैलेखको भगवतीमाई आसोलेसनबाट चारजना पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आसोलेसनबाट एकजना पुरुष, सुर्खेतको गुठु आसोलेसनबाट एकजना पुरुष र मुगुको कोटडाँडा आसोलेसनबाट एकजना पुरुष गरी ८ जना डिस्चार्ज भएका हुन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५६८ पुगेको छ । हालसम्म पाँचजनाको मृत्यु भइसकेको छ ।