वीरेन्द्रनगर : नेकपा एकीकृत समाजवादी पार्टी निकट निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा तेजेन्द्र रावल चयन भएका छन् ।
नेपाल निजामति कर्मचारी संगठन (पेशागत महासंघसंग आवद्ध निजामती कर्मचारीहरु आवद्ध राष्ट्रिय स्तरको टे«ड युनियन)को भेलाले नयाँ कार्यसमिति चयन गरेको छ ।
तेजेन्द्र रावलको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । सहसंयोजकमा मन्द्रा सुनार, सचिवमा रणबहादुर गरंजा, सहसचिवमा थिर कुमार न्यौपाने, कोषाध्यक्षमा कृष्ण विक चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा धर्मराज बडुवाल, सम्झना मगराती, भोजराज अर्याल, विजयकुमार चौधरी, रमानन्द न्यौपाने, मकरनाथ योगी, गोविन्द प्रसाद खनाल, चक्र बहादुर आले मगर, भिम बहादुर रावल, पदम बुढा चयन भएका छन् ।
केन्द्रीय भेला प्रतिनिधिमा जंग बहादुर मगराती, सेर बहादुर रोकाय, राज बहादुर रोकाय, दशरथ पाण्डे, कलम महतरा, गोरखबहादुर बुढा, इश्वर रावल चयन भएका छन् ।