सल्यान : बनगाड कुपिण्डे नगरपालिकाविरुद्ध गठबन्धनका राजनीतिक दलहरु खनिएका छन् । सुरुदेखि हालसम्म नगरपालिका गैरकानुनी तवरले सञ्चालन गरिएको भन्दै क्रियाशिल राजनीति दलहरु नगरपालिकाविरुद्ध खनिएका हुन् ।
नगरपालिकाले सुशासन तथा विकास निर्माणका सवालमा कुनै सहकार्य नगरेको र गैरकानुनी रुपमा चलेको दलहरुको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै बनगाड कुपिण्डे नगरपालिका वडा नं १ का वडाध्यक्ष शान्त कुमार यरीप्रतिको राजनीति प्रतिशोधपूर्ण तत्काल सच्याउन माग गरिएको छ ।
आफै अख्तियार बनेर चालबाजी गरेर अधिकार बाहिर गएर नगर प्रमुख गोविन्द कुमार पुन र कर्मचारीले गलत कदम चालेको दलको भनाइ छ । उक्त कुरा तत्काल नसच्चिए गठबन्धन दलले थप कदम चाल्ने चेतावनी समेत दिएका छन् ।
साथै वडा नं १० वडा कार्यालय बालुवासँग्रही तथा ढोरपिपलबाट सञ्चालन भएकोले वडा कार्यालय कुटिचौरबाट सञ्चालन गर्न माग गरिएको छ । मुख्यमन्त्री रोजगारका कार्यक्रम ठप्प रहेकोले छिटोभन्दा छिटो सञ्चालन गर्न माग गरिएको छ ।
स्वास्थ्य करारका केही कर्मचारी र लामो समय विभिन्न वडाहरुमा कार्यरत सलेपाहरुको जतिसक्दो करार सम्झौता गर्न माग गरिएको छ । नगरपालिकाकाको स्रोत साधनमा चरम दुरुपयोग भएकोले यस्ता कार्य तत्काल रौक्न गठबन्धनको जोड छ । हालसम्म विद्यालयहरुमा शिक्षक पदपुर्ति नहुँदा पठनपाठनमा समेत निकै समस्या उत्पन्न भएको र शिक्षा नियामावलि अनुसार शिक्षक छनौट गर्न माग गरिएको छ ।
शिक्षक भर्ना गर्दा, सरुवा गर्दा सेटिङका मापदण्ड भेटिएकाले यस्ता घृणित कार्य बन्द गर्न समेत माग गरिएको छ । गठबन्धन दलहरुको विज्ञप्ति अनुसार, सरुवाका लागि परेका निवेदन उपर छिटोभन्दा छिटो प्रक्रिया बढाउन माग गरिएको छ ।
कोही कर्मचारी ७ महिनादेखि अनुपस्थित हुँदा समेत नगरपालिकालाई चाँसो नदिएको यस विषयमा नगरपालिकाले साचो दिनुपर्ने जोड छ । कुनैलाई राजनीति प्रतिशोधका आधारमा करार सम्झौताको बहाना बनाइ दुःख दिने काम गरिएकोले यस्तो काम रोक्न दलहरुले निर्देशन दिएका छन् । नगरपालिकाको काम कारबाहीकाविरुद्ध गठबन्धन दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले यस्ता माग गरेका हुन् । सबै मागहरु एक हप्ता भित्र प्रक्रिया अगाढि बढाउन निर्दैशन दिएका हुन् ।
यस्ता माग पुरा नभए फेरि गठबन्धनमा आवद्ध दलहरुले संघर्षका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ । यो समाचार तयार गर्दासम्म गठबन्धन दलहरुको विज्ञप्तिप्रति नगरपालिकाले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
यस्तो छ, विज्ञप्ति
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/271390185_4838839102852506_3713099763340978448_n.jpg?_nc_cat=108&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=l57bLWQe3oAAX9hKeZZ&_nc_ht=scontent.fktm8-1.fna&oh=03_AVKiHReSrWQIbQdp-kKxHJVe4CKmMwbLCv4VA6KdyjRILA&oe=621222F4)