सिमकोट : पाँच दिन अगाडि अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी सुत्केरी महिला र नवजात शिशुको शव हालसम्म अस्पतालमै रहेको छ । शल्यक्रिया गरेको एक दिनमा शिशु (छोरी) तथा अस्पतालमै उपचाररत आमाको तीन दिनपछि मृत्यु भएपनि माइती पक्ष नपुगेका कारण शल्यक्रिया गरेको शव अस्पतालै रोकिएको छ ।
हुम्लाम स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको प्रसूति गृहकी इन्चार्ज तथा वरिष्ठ अनमी सरिता बोहराले चिकित्सकद्धारा शल्यक्रिया गरेर जन्मिएको नवजात शिशु र आमाको दुई दिनको अन्तरमा मृत्यु भएको बताइन् । आमाको शव भने हालसम्म माइती पक्ष जुम्लाबाट नपुगेको कारण अस्पतालमै शव थन्किएको छ ।
यसरी शल्यक्रियाद्धारा जन्मिएको शिशु जन्मेको एक दिन र आमा तीन दिनपछि मृत्यु भएको थियो । यसरी शल्यक्रियाद्धारा सुत्केरी गराइएकी मृत्यु हुने महिलामा सिमकोट गाउँपालिका– ५ की सलिना विक हुन् । उनको फोक्सोमा जाने स्वासप्रश्वासमा गएको रगतको टुक्रा स्वासप्रश्वास नलीमा गएर अवरोध भएपछि मृत्यु भएको अनमी बोहराले बताइन् । यस्ता केस बिरलै हुने भएको उनको भनाइ छ ।
शल्याक्रिया गरेको दुई दिनसम्म विकको स्वास्थ्यमा उल्लेखनीय सुधार भएपनि गत शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । नेपालीको स्वास्थ्यमा समस्या देखिएको भनेपछि जिल्ला अस्पताल हुम्लाले उद्धारको लागि हेलिकोप्टरको व्यवस्था गरेको भएपनि राती भएकाले शनिबार विहान हेलिकोप्टर उद्धारका लागि तयारी रहेको अवस्थामै यता उनको मृत्इु भएको थियो । एक वर्ष अगाडि जुम्ला माइती भएकी नेपाली र सिमकोट गाउँपालिका– ५ का धनु विकसँग विवाह भएको थियो ।
माइती पक्षले शव उठाउन दिएनन
चन्दनाथ नगरपालिका – ८ कोटिला गाउँमा रहेका माइती पक्षले आफ्नो उपस्थिती विना शव नउठाउन आग्रह गरेपछि शब अस्पतालको राखिएको छ । प्रहरी नायव उपरिक्षक हरेम्ब शर्माले प्रहरीले माइती पक्षलाई बोलाउने कार्य भइरहेको बताए ।
माइती पक्षले आफ्नो छोरीको मृत्यु भएका बारेमा बुझेर मात्र शव उठाउन दिने जनाएका छन् । उनका अनुसार माइती पक्ष आफै हुम्लामा आउने भन्ने कुरा आएपछि घरका घरका पक्षले शव उठाउन नमानेको बताए । हुम्लामा अस्पतालको पसूति गृहमा शल्यक्रियाद्धारा बच्चा जन्माएकी सुत्केरीको मृत्यु पहिलो पटक भएको हो ।