बार्सिलोना। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजलाई नोवेल कोरोना कोभिड(१९० सङ्क्रमण भएकी छिन् । परीक्षणका क्रममा बेगोनामा कोरोना पोजेटिभ देखिएको स्पेनका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
मन्त्रिपपरिषद्का सदस्यहरुको स्वास्थ्य परीक्षण गर्दा दुई जना मन्त्रीमा समेत कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमण हुनेहरुमा मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियास रहेका छन् ।
स्पेनमा कोरोनाको संक्रमण तीव्र भएपछि प्रधानमन्त्री सान्चेसले रोकथामका लागि मुलुकभरका चार करोड ६० लाख मानिस घरभित्रै क्वारेन्टाइनमा रहने बताएका छन्।
कोरोना भाइरस ९कोभिड(१९० को महामारी फैलिएसँगै स्पेनले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री सान्चेसले घोषणा गर्दै दुई सातासम्म यो ब्यबस्था लागू गर्ने बताए ।
खाद्यान्न खरिद गर्न, अस्पताल वा औषधि खरिदका लागि, बैंकबाट रकम निकाल्न, परिवारको सदस्य बिरामी भएमा सहयोग गर्न र अत्यावश्यक कामका लागि मात्र घरबाट बाहिर निस्कन सरकारले अनुरोध गरेको छ।
नियम उलङ्घन गर्दै अनावश्यक रुपमा घर बाहिर निस्केमा ३ महिनादेखि १ वर्षसम्म जेल सजाय तथा पाँच सयदेखि २ हजार युरोसम्म जरिवाना हुनसक्ने बताइएको छ ।
यसअघि सरकारले शुक्रबारदेखि नै मुलकभर आपतकालीन अवस्थाको घोषणा गरेको थियो। युरोपमा इटालीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित भएको छ ।
शनिबारसम्म कोरोनाका कारण मृत्यु हुने संख्या १९६ पुगेको छ भने हालसम्म करिब ६ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।